दलित भएकै कारण चिया पसलबाट निकालिए डिमुने कामी

दलित अनलाईन १ कार्तिक २०७६, शुक्रबार १६:०९

मोरङ – मोरङको पथरिशनिश्चरे नगरपालिका ९ मा चिया खाना गएका एक दलित पुरुषलाई जातीय रुपमा अपमान गदै चिया पसलबाट निकालिएको छ ।
चिया खाना गएका डिमुने कामीलाई होटल सञ्चालक टलकबहादुर पाण्डे र रुद्रबहादुर कटुवालले जातीय रुपमा अपमान गदै चिया पसलबाट निकालिएको हो ।
असोज २० गते पथरीशनिश्चरे ९ मा रहेको टलक बहादुर पाण्डेको होटलमा बेलुका ५ बजे चिया पिउन भनी डिमुने कामी स्थानीय होटलमा पुगेका थिए ।

घटना यसरी भयो
टलक बहादुर पाण्डेको होटलमा धैरै मानिसहरु बसेर चिया पिइ रहेका थिए । डिमुने पनि त्यहि गएर एउटा बेन्चमा बसेका थिए । त्यतिकैमा चिया पिइरहेका सोही स्थानीय रुद्र बहादुर कटुवाल कराउँछन् ‘ए कामी तेरो बस्ने ठाउँ बाहिर हो, गएर खा त्यहि बेला होटल सञ्चालक टलक बहादुर आएर तेरो बस्ने ठाउँ यहाँ हो ?’मेरोमा सत्यवादी मान्छेहरु आउछन् । तँ बाहिर निस्केर खा भन्दै जबरजस्ती बाहिर निकालेर अब देखि मेरो पसल नपस्नु तिमीहरु कामी दमाईहरु भन्दै गालीगलौज गरे र मुद्धा हाले पनि हाल भन्छन् ।’
पिडितको न्याय प्रकिृ्रया
डिमुने कामीले बिभिन्न दलित संघ संस्थामा असोज २२ गते निवेदन दिए । निवेदनको आधारमा असोज २७ गते विभिन्न दलित अभियान्ताहरुको भेलाले इलाका प्रहरी कार्यालय पथरीमा उजुरी दर्ता गरायो । त्यसपछि इलाकाले असोज २९ गते पिडक रुद्र बहादुर कटुवाल र टलक बहादुर पाण्डेलाई हिरासतमा राखेको थियो ।

उल्टाे पिडककाे उजुरी !
पिडक टलक बहादुरले पुन सबै कुरालाई तोडमोड गरी त्यो दिन रुद्र बहादुर कटुवाल बसेको ठाउमा गएर बसेको र रुद्र बहादुर सरेर जादाँ पुन सोही ठाउँमा गएर बसेको र त्यहा भएको कित्लीको पानी पुरै मुख गाडेर खाएको र उनको होटलमा ११ हजार तिर्न बाँकी रहेको बताएको छ ।
प्रशासनिक कदम
पिडित डिमुनेलाई असोज ३० गते पक्राउ ग¥यो । सार्वजनिक अपराध सम्बन्धी मुद्धा दर्ताको तयारीमा छ भने पिडक कटुवाल र पाण्डे दुवैलाई अदालतमा उपस्थिीत गराई म्याद थप गरेर हिरासतमा राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank