त्रिशुलीमा हामफाल्न पुलमा झुन्डिएका कृष्ण परियारको सकुशल उद्धार

दलित अनलाईन २ भाद्र २०८०, शनिबार २०:३६

काठमाडौँ — त्रिशुली नदीमा पुलमा झुन्डिएका एक जना व्यक्तिको सकुशल उद्धार गरिएको छ।

शनिबार बिहान धादिङको नीलकण्ठ नगरपालिका–६ बस्ने ४५ वर्षीय कृष्ण परियारको सकुशल उद्धार गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले जानकारी दिए।

चितवन र तनहुँ जोड्ने मुग्लिन पुलमा झुन्डिएका ती व्यक्तिको सशस्त्र प्रहरी बल नेपाल बिपद् ब्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको  ११ जनाको टोलीले उद्दार गरेको हो।  उनको उपचारका लागि मुग्लिन हाईवे अस्पतालमा पठाएको छ।

उनी हामफाल्नुको कारणबारे केही खुलेको छैन। यसबारे अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank