पोखरामा मोहन सुनारमाथि कुटपिट गर्ने जनक थापा पक्राउ : थापाको समुहबाट मोहन सुनारको घर घेरी आक्रमण प्रयास

दलित अनलाईन २३ बैशाख २०७७, मंगलवार २२:४६

काठमाडौं– पोखरा महानगरपालिका १६ वाटुलेचौरका मोहन सुनारमाथि जातीय रुपमा गाली बेइजती गरी कुटपिट गर्ने जनक थापा पक्राउ परेका छन् । उनी पक्राउ परेको केही समय पछि थापा निकटका समूहले मोहन सुनारमाथि आक्रमणको प्रयास भएको छ ।
चैत २६ गते भाईको दाहसंस्कार गरेपछि घर नजिकै रहेको किरियापुत्री भवन प्रयोग गर्नका लागि चाबी माग्न जाँदा दलित समुदायले किरियापुत्री भवन प्रयोग गर्न नमिल्ने भन्दै स्थानीय जनक थापाको समूहबाट कुटपिट भएको थियो । सुनारमाथि कुटपिट गर्ने जनक थापाविरुद्ध प्रहरी चौकीमा जातीय विभेद भएको भन्दै मोहन सुनारले उजुरी दर्ता गरेका थिए ।
सुनारमाथि जातीय रुपमा गाली बेइजती गरी कुटपिट गर्ने जनक थापा मंगलबार पक्राउ परेका थिए । उनी पक्राउ परेको केही समयपछि बेलुका ७÷८ जनाको समुहले मोहन सुनारको घर घेरेर आक्रमण गर्ने प्रयास गरेका थिए । सुनारले तत्कालै प्रहरी चौकीमा फोन गरेर प्रहरीलाई खबर गरेका थिए ।
तत्कालै प्रहरी चौकीबाट प्रहरीहरु आएर आक्रमण गर्ने मनशायले बसेको ७/८ जनाको समुहलाई भगाएका थिए ।

याे पनि

https://dalitonline.com/archives/7645

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank