१४ वर्षीया दलित बालिकालाई बलात्कार गर्ने धिरेन मगर पक्राउ

दलित अनलाईन २८ बैशाख २०७७, आईतवार ११:३९

विराटनगर – बालिकालाई बलात्कारको आरोपमा प्रहरीले मोरङको मिक्लाजुङबाट आइतबार बिहान एक  युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मिक्लाजुङ गाउँपालिका–९ का २१ वर्षीय धिरेन मगर रहेका छन्। मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार मगर वैशाख १९ गते राति १४ वर्षीया दलित बालिकालाई बलात्कार गररी फरार भएका थिए। राति घरमै सुतिरहेका बेला पुगेका मगरले बालिकालाई बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

आफूमाथि बलात्कार हुन थालेपछि बालिकाले होहल्ला गरेको र मगर त्यहीँबाट फरार बनेको राईले बताए। ‘सुतिरहेका बेला पुगेका मगरले बलात्कार गर्न थालेपछि बालिका चिच्याएर होहल्ला गर्न थालिछन्,’ उनले भने, ‘ब्यूँझिएर अभिभावक बालिकाको कोठामा पुग्दा घटनामा संलग्न फरार बनिसकेका थिए।’

फरार रहेका मगरलाई आइतबार मधुमल्लाबाट पक्राउ गरिएको डीएसपी राईले जानकारी दिए। बालिकाको उपचार र स्वास्थ्य परीक्षण विराटनगरको कोसी अस्पतालमा गरिएको थियो। परीक्षण रिपोर्टले बालिका बलात्कृत भएको देखाएको डीएसपी राईले बताए। पक्राउ परेका मगरविरुद्ध जवरजस्ती करणी मुद्दा चलाउन अनुसन्धान थालिएको उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank