महिला हिंसा गम्भीर समस्या : प्रचण्ड

दलित अनलाईन १३ भाद्र २०७५, बुधबार १५:५६

चितवन –  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले महिला हिंसा, राजनीतिक र अन्य सबैप्रकारका घटनाप्रति सरकार र आफू गम्भीर रहेको बताउनुभएको छ । साथै पछिल्लो समय आफूहरु त्यसको समग्र घटनाको गम्भीर समीक्षामा रहेको बताउनुभयो ।

पछिल्लो समय पछिल्लो समय महिला हिंसाका घटना बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै कञ्चनपुर, पोखरा, गोरखा, काठमाडौँ लगायतका स्थानमा महिला हिंसाका घटना बढ्दै गएको र त्यसलाई नियन्त्रण गर्न र दोषीलाई कारबाही गर्न सरकार गम्भीर रहेको बताउनुभयो । प्रचण्डले भन्नुभयो, ‘ ‘महिला हिंसालाई सरकारले गम्भीर रुपमा नियन्त्रण गर्नुपर्छ।’

उहाँले नेपाल यतिबेला नयाँ युगमा जान लागेकाले केही समयसम्म यस्ता समस्या देखिने तर गल्ती भएको देखेपछि त्यसलाई सच्याउनु पर्ने बताउनुभयो । अध्यक्ष प्रचण्डले सरकारले व्यवसायीलाई संरक्षण गर्न नसकेका कारण रोजगारीका नाममा लाखौँ युवा विदेश पलायन हुनुपरेको बताउनुभयो ।

निर्माण व्यवसायी सङ्घ चितवनको २५ औँ साधारणसभालाई बुधबार सम्बोधन गर्दै उहाँले ठूला विकास निर्माणको योजना एउटै निर्माण व्यवसायीलाई ठेक्का दिने मिलेमतो कर्मचारीबाटै हुने गरेको बताउनुभयो ।

आफूले सरकार र मन्त्रालयको सचिवलाई भनेर ठूला विकास निर्माण एउटैलाई नदिनुहोस्, साना÷साना टुक्रामा ठेक्का दिनुहोस्, छिटो÷छिटो काम हुन्छ, प्रतिस्पर्धामा काम हुन्छ भनेको स्मरण गर्दै उहाँले भन्नुभयो,, “एउटै ठूलो ठेकेदारलाई ठेक्का दिने, भएभरको नाफा कमाउने पनि उही, काम गरे पनि हुने नगरे पनि हुने ।”

प्रचण्डले भन्नुभयो,, ‘पाँच÷सातवटा पुल एउटै ठेकेदारलाई दिएको छ, ओगटेको छ, समयमा काम पूरा पनि हुँदैन । साना निर्माण व्यवसायी रोएर हिँडेका छन् । ठूला ठूलाले एकाधिकार जमाएका छन् ।’

भूकम्प र नाकाबन्दीका समयमा निर्माण व्यवसायीले काम गर्न नपाएको गुनासो विगतदेखि नै आएको बताउँदै उहाँले भन्नुभयो, ‘हर्जाना नलगाइकन एक वर्ष समय थप्न मेरो पूरै पहल हुन्छ ।’

व्यवसायीले सरकारलाई र सरकारले व्यवसायीलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, “निजी क्षेत्रले राज्य र कर्मचारीलाई कामचोर र घुस्याहा भन्ने, कर्मचारी र राज्यले निर्माण व्यवसायीलाई ठग भन्ने प्रवृत्ति छ ।”

व्यवसायमा लाग्नेलाई राज्यले नाफाको सुनिश्चितता गर्नुपर्ने बताउँदै उहाँले निजी क्षेत्रलाई खुशी र सुरक्षित नगरी विकास र समृद्धि नआउने बताए । फरक प्रसङ्गमा प्रचण्डले महिला हिंसाका घटना बढेकाले यसप्रति सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो।

कार्यक्रममा निर्माण व्यवसायी महासङ्घका अध्यक्ष विष्णुभाइ श्रेष्ठले निर्माण व्यवसायीलाई मात्रै दोष दिने परिपाटी अन्त्य गरिनुपर्ने बताउनुभयो । कार्यक्रममा निर्माण व्यवसायी संघ चितवनका सदस्यका उत्कृष्ट अंक ल्याउने तीन छोराछोरी कृषा लामिछाने, अनिसा कँडेल र प्रवीण पौडेललाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank