विखण्डनकारीलाई कारवाही गर्नुपर्छ : नेता गच्छदार

दलित अनलाईन २६ आश्विन २०७५, शुक्रबार १९:०९

विराटनगर –  नेपाली काङ्ग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले राष्ट्र विखण्डनको कुरा उठाउने जो कोहीलाई पनि कारवाही गर्नुपर्ने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले मुलुकलाई खण्डित बनाई रज्य विद्रोहको कुरा गरी राष्ट्रिय एकतामा खलल पु¥याउनेलाई कारवाही गर्नु सरकारको दायित्व रहेको प्रष्ट पार्नुभयो ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका नेता गच्छदारले संविधान कुनै धार्मिकग्रन्थ नभएको बताउँदै जनताबाट निर्मित वर्तमान संविधानलाई पूर्णता दिन समयानुसार संशोधन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले नेपाली काङ्ग्रेसभित्र रहेको गुटउपगुट समाप्त गरी एकता कायम गराउनका लागि नै नेपाल लोकतान्त्रिक फोरमले समायोजन गरेको विचार व्यक्त गर्नुभयो ।

नेता गच्छदारले काङ्ग्रेको आन्तरिक विवादको कारण बस्न नसकेको केन्द्रीय समितिका कारण नेपाल लोकतान्त्रिक फोरमको समायोजन रोकिएको बताउँदै दशैँपछि बस्ने समितिको पहिलो बैठकको कार्यसूचीनै लोकतान्त्रिक फोरमको समायोजनको निर्णय हुने जानकारी दिनुभयो ।

नेता गच्छदारले रेशम चौधरी अन्यायमा परेको र अदालतबाट छिट्टै मुद्दा फैसला भई सबै कुरा समाधान हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले विगतको निर्वाचनमा काङ्ग्रेसको पराजयको भागीदारी सभापतिसहित सम्पूर्ण केन्द्रीय समिति रहेको बताउँदै एक जनालाई मात्र दोषी ठह¥याउनु गलत भएको विचार व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank