७८ वर्षीय बृद्धा सनमाया दर्जीको दर्दनाक जीवन

दलित अनलाईन १५ मंसिर २०७५, शनिबार २१:२३

 

गणेश लम्साल

दिनहिन गरिबहरुलाई दुखले कसरी सताउँछ भन्ने बुझन मन लाग्नेहरुले मोरंग मिक्लाजुंग गाउँपालिका ६ कालिझोडाकी यी दलित ७८ वर्षीया वृद्धा सनमाया महरा (दर्जी) को कथा, व्यथा पढे अनि सुने हुन्छ । उनी अनेकौ हण्डर र ठक्कर खाएर पनि मनोरोगी छोरी र दुई नातिहरुको जीवन बचाउन अझै सकि नसकी गाउँमा बनिबुतो गरिरहेकी छन् । कमाइको नाममा उनले पाउने वृद्धा भत्ता मात्र हो । हात्तीले भत्काइदिएको बाँसको टाटी र भुसको छानो उनले अझै बनाउन सकेकी छैनन् । हात्ती र जाडोले बालक नातिहरुलाई लैजान्छ की भन्ने पीरले सधैँ सताउँछ उनलाई । पति र छोराहरु सबै गुमाएकी उनी कुनै हालतमा नावालक नातिहरु गुमाउन चाहँदिनन् । ७८ बर्षको उनको उमेर दिनदिनै जीर्ण बनिरहेको छ । अहिलेकी भरे भएकी उनी डाँडामाथिको घामझैँ भएकी छिन् । उनको एउटै ईच्छा छ ,नातिहरुको जीवन रक्षा गर्ने र वंश जोगाउने । दुखको घरमा बास हुन्छ भने ईश्वर मलाई अझै दुख दे भन्दै पुकारा गरिरहेकी सनमाया महरा भन्छिन् , – ‘सबै गुमाएँ तर अब म नातिहरु गुमाउन चाहन्न दैबले गरिखाने जाँगर हरेर नलगिदिए हुन्थ्यो ।’

वर्षौदेखी दुखसँग सँघर्ष गरिहेकी भुक्त्तभोगी दलित वृद्धा सनमायाको अवस्था जनप्रतिनिधिहरुलाई पनि थाहा छ । तर उनीहरुले पनि दया बाँडेर ‘चुचु’ बाहेक केही गरेका छैनन् । वडा अध्यक्ष बुद्धिलाल निरौला वृद्ध भत्ता आफैले घरमा पु¥याइदिने गरेको र एक चोटी दुई बोरा चामल पनि सहयोग गरेको बताउँछन् । तर भत्किएको घर बनाइदिने र उनका टुहुरा दुई नाति र मनोरोगी छोरीलाई संरक्षण गरिदिनेबारे कुनै योजना छैन उनीसँग । अध्यक्ष निरौलाले आवश्यक सहयोगका लागि गाउँपालिकामा लेखेर पठाई दिएको र दुई हजार रुपैया सहयोग गर्ने निर्णय भएको सुनाए । उनले भने , ‘मेरो वडामा मात्र अति दुख पाएका गरिबहरु ६, ७ घर छन् कतिलाई दिएर सक्नु र यसैले गाउँपालिकालाई लेखी पठाएका हौं ।

दलित अधिकारकर्मी गोपाल नेपाली अति दुख पाएका असक्तहरुलाई संरक्षण गर्नुपर्ने राज्यको दायित्व भएकोले गाउँपालिकाले योजना बनाएर सनमायाको परिवारलाई संरक्षण गर्नुपर्ने बताउँछन् । उनका अनुसार मनोरोगी छोरीको उपचार ,दुई नातिहरुको अभिभावकत्व ग्रहण गरेर शिक्षा दिक्षा दिन सकिन्छ । गाउँपालिकाले सनमायाको घर टिनले छाइदिएर पशुपंक्षी पालनमा सहयोग गरे सनमायाले जीवन चलाउन सक्ने थिइन । अधिकारकर्मी नेपालीले भने ,— ‘विकास भनेको बाटो बनाउनु मात्र हैन, सबै बजेट सक्नु मात्र हैन, गरिव र दुखीहरुको संरक्षण पनि हो जब सम्म मानवीय विकास अधुरो हुन्छ समाज विकसित हुनै सक्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank