जातीय विभेद अन्त्य नभएसम्म देश समृद्धि हुँदैन : मुख्यमन्त्री राउत

दलित अनलाईन २३ माघ २०७७, शुक्रबार २०:१७

जनकपुर —  प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दलितमाथिको विभेद अन्त नभएसम्म विकास र समृद्धिको परिकल्पना सम्भव नरहेको बताएका छन्।

समता फाउण्डेशनले शुक्रबार जनकपुरधाममा आयोजना गरेको सामाजिक न्यायका लागि सबलीकरण कार्यक्रमको समुदघाटन गर्दै मुख्यमन्त्री राउतले यस्तो बताएका हुन्।

प्रदेश सरकारले प्रदेशको समृद्धि र विकासको लागि पछि पारिएका समुदाय दलित, महिला, मुश्लिम लगायतको उन्नति र विकासको लागि अनेकौँ योजना ल्याएको पनि बताए।

मुख्यमन्त्री राउतले प्रदेश सरकारले ल्याएका योजनाहरुको प्रतिफल ५(१० वर्षपछि समाजले अनूभूति गर्ने बताए। संविधानले सुनिश्चित नगरेको भए जनप्रतिनिधिमा उनीहरूको सहभागिताको परिकल्पनासमेत गर्न सक्दैन्थ्यो भन्दै उनले त्यसैकारण आफूहरू हरेक ऐन कानुनमा दलित महिला मुश्लिम लगायतका समुदायको पहुँचलाई सुनिश्चित गर्दै गएको बताए।  कार्यक्रममा प्रदेश सभा सदस्य चमेली देवी दास, दलित अगुवा भोला पासवान लगायतले सम्बोधन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank