२ जेठसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु बन्द गर्ने निर्णय

दलित अनलाईन १३ बैशाख २०७७, शनिबार १७:४४

काठमाडाैं- कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू थप १५ दिन बन्द गर्ने निर्णय गरेको छ ।शनिबार बसेको समिति बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू आउँदो जेठ २ (मे १५) सम्म बन्द गर्ने निर्णय गरेको हो ।

यसअघि समितिले यही ज्१८ वैशाख (अप्रिल ३०) सम्म उडानहरू बन्द गर्ने निर्णय गरेको थियो । समन्वय समितिले उडानहरू बन्द गर्ने निर्णय गरे पनि लकडाउनको विषयमा भने केही निर्णय नगरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए ।

लकडाउनको प्रभाव र कोरोना रोकथाम तथा नियन्त्रणका लागि अहिलेसम्म भएका प्रयासहरूको विषयमा बैठकमा समीक्षा भए पनि समय थप्ने वा खुकुलो बनाउने भन्ने विषयमा केही निर्णय नभएको उनले बताए ।

लकडाउनको विषयमा मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने सचिव बिडारीले जानकारी  दिए । प्रदेशहरूलाई समन्वय गर्ने मन्त्रीहरूको समेत सहभागिता रहेको समिति बैठकमा अहिलेसम्म भएका कामहरूको समिक्षा भएको थियो ।

लकडाउनको प्रभावकारिता, कार्यसफलताका विषयमा समिक्षा भएको सचिव बिडारीले बताए । उनले अहिलेको अवस्थामा औषधिजन्य सामग्रीको आपूर्ति र अपलब्धता सहज रहेको बताए ।  स्वास्थ्य सामग्री चाहिएको ठाउँमा सजिलै पुर्‍याउन सकिने अवस्थामा सरकार रहेको उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank