रुकुम हत्या प्रकरणको नालीवेली (भिडियो)

दलित अनलाईन १५ जेष्ठ २०७७, बिहीबार २२:२७

काठमाडौं – पश्चिम रुकुम चौरजहारीमा अन्तरजातीय प्रेम विवाहको निहुँमा सामुहिक सुनियोजित ढंगबाट  गरिएको  हत्या प्रकरणमा थप एक जनाको शव फेला परेको छ ।

जाजरकोट छेडागाड नगरपालिका –५ कालेभिरमा जाजरकोट भेरी नगरपालिका – ४ बस्ने १९ वर्षीय सन्जु बिकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी किशोर क्षेष्ठले जानकारी दिए । यो सँगै घटनामा पाँच जनाको शव फेला परेको छ । गोविन्द शाही अझै बेपत्ता छन्

हत्या प्रकरणमा  मारिएका ४ जना नवराज विक, गणेश बुढामगर, लोकेन्द्र सुनार र टिकाराम सुनारको बिहिबार नै भेरी नदीमा दाहसंस्कार गरिएको छ ।

https://www.youtube.com/watch?v=UfB9tHlblzY&fbclid=IwAR3JCCHEvZZfrrkTfbpiI6EWu7m_Oc3pXvzuM5wSVxWKPP5sUeEfxPgo75E

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank