रुकुम सोती घटनाका घाइतेहरूले उपचार पाएनन, सिडिओ भन्छन, ‘उपचारका लागि रुकुमलाई सोध्नुपर्छ ’!

लोकेन्द्र बिश्वकर्मा ३२ जेष्ठ २०७७, आईतवार २२:४०

जाजरकोट – जेठ १० गते राती रुकुम पश्चिमको सोतीमा भएको जातीय नरसंहारको घटनाका घाइतेहरू उपचार नपाएर समस्यामा परेका छन । आर्थिक अवस्था कमजोर भएका उनीहरु उपचारको पखाईमा रहेपनि सरकारले भने बेवास्ता गर्दा घाइतेहरू उपचार नपाएर समस्यामा परेका हुन् ।

घटना घटेको एक महिना पुग्नै लागे पनि सरकारले निःशुल्क उपचार गर्नुको साटो सम्बन्धित निकाय एकले अर्कोलाई दोष देखाउँदै पन्छिरहेका छन । रुकुम पश्चिममा भएको जेठ १० गतेको घटनामा जाजरकोटका १२ जना युवाहरु घाइते भएका थिए । घाइते मध्येको केही अवस्था सामान्य भएपनि धेरैको टाउको, अनुहार र छातीमा चोट लागेको छ । घटनामा जाजरकोट रानागाउँका नवराज विकसहित ६ जनाको हत्या भएपनि अरु भागेर बाच्न सफल भएका थिए । भागेर बाँचेका १२ जना उपचार नपाएर छटपटिरहेका छन । घटनामा घाइते भएका इन्द्रजंग शाह र सुदीप खड्काको अवस्था उपचार हुन सकेकाे छैन। भागेर बाच्न सफल भएका इन्द्रजंग शाहले महिना  दिन बितिसक्दा पनि उपचार त भएको छैन भन्दै उपचारका लागि कसैले पहल नगरकेो बताए ।

घाइतेहरु उपचार नपाएर छटपटिएका बेला जाजरकोटका प्रमुख जिल्ला अधिकारी भने बेखबर छन । शरीरमा चोट बोकेका घाइते उपचारको पर्खाईमा रहेपनि जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्थ अहिले यो विषयमा बोल्न नमिल्ने बताए । प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले रुकुम सोती घटनाको थप अनुसन्धानका लागि ९ सदस्यीय संसदीय छानबिन समिति गठन गर्नु भएको छ । समिति अनुसन्धानका लागि जाजरकोट र रुकुम आउदैछ । समितिसँग कुरा गर्नु अगाडी कुनै प्रतिक्रिया दिन नमिल्ने प्रमुख जिल्ला अधिकारी पन्थको भनाई छ । यसबारे थप बुझ्न रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारीलाई फोन गर्न भन्दै उनले फोन काट्ने गरेका छन । अन्तरजातीय विवाहका लागि युवतीलाई भगाउन गएका जाजरकोट रानागाउँका नवराज विक, लोकेन्द्र सुनार, सन्दीप विक, गोविन्द शाही, टीकाराम सुनार, गणेश बुढामगरको हत्या भएको थियो । प्रहरीले घटनामा सलंग्न युवतीका बुवाआमा र वडाध्यक्ष डम्बर मल्लसहित २८ जनालाई पक्राउ गरेर ज्यानमारा उद्योगमा मुद्दा चलाएको छ । तर घाइतेहरु उपचार नपाएर छटपटिरहेका बेला प्रमुख जिल्ला अधिकारी लगायत सम्बन्धित पक्ष गैरजिम्मेबार बन्दा पीडित पक्ष भने न्याय नपाइने हो कि ? भन्ने चिन्तामा परेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank