मुर्छित सपना : लज्जित गणतन्त्र !

सम्पादकीय १७ जेष्ठ २०७७, शनिबार १२:१५

यहि जेठ १५ गते गणतन्त्र घोषणा भएको १२ वर्ष पूरा भएको छ । अढाई सय वर्षको राजतन्त्रलाई बिना रक्तपात विदाई गरी गणतन्त्र घोषणा गर्दा पुरै देशमा दिपावली र खुशियाली मनाइयो । विश्व नै चकित परेको थियो । यो सब दश वर्षको भिषण क्षति, हजारौंको बलिदान र सात दलको सडक आन्दोलनबाट सम्भव भएको थियो । आम जनताले सोचेका थिए । देशको मुख्य शत्रु परम्परावादी सामन्तवादी राजतन्त्र नै हो । यसको समाप्ति पछि जनताले सुशासन, अधिकार र समानता पाउलान । किनकी वंश परम्पराबाट राष्ट्रप्रमुख हुने चलन समाप्त भइ जनताको छोरा–छोरी राष्ट्रप्रमुख हुने गणतन्त्रात्मक व्यवस्था प्राप्त भएको थियो तर, भैदियो उल्टो ।
सामन्तवादको मुख्य नाइके राजतन्त्र समाप्त भएपनि नवसामन्तहरु अर्थात् छोटे राजाहरु च्याउसरी उम्रिए । आम उत्पीडित समुदायको पूर्ण बहुमत भएको पहिलो संविधानसभा जसरी तुहाईयो । यसैबाट प्रमाणित हुन्छ, कि नेपालीको आवश्यकताले माओवादी जनयुद्धको उठान भएको होइन रहेछ । सुधिर शर्माको प्रयोगशाला पुस्तक ,भारतीय जासुसी संस्थाका रिर्टायर अफिसर आरके यादवको प्रष्टोक्तिले पनि पुष्टि गर्दछ पछिल्लो प्रमाणका रुपमा नेपाल सरकारले कालापानी, लिम्पियाधुरा सहितको पूर्ण नक्सा जारी गरेपछि पूर्व भारतीय सेना प्रमुखले “राजतन्त्र समाप्त गर्न माओवादीलाई शक्तिमा पुराईदिएका हौ ।”

उनको यस भनाइबाट दरबार हत्याकाण्डको पनि रहस्य लुकेको हुनुपर्छ । त्यो बेला आतंककारी गतिविधि सञ्चालन गर्ने मूल नेतृत्व र ८ वर्षसम्म भारतकै संरक्षणमा बसेर नेपालमा विध्वंश मच्चाउनुले पनि यो प्रसंगलाई प्रमाणित गर्दछ । अरुको खुट्टामा उचाली दिएको शिकारीले शिकार गर्दैन भनेजस्तै विदेशी संदिग्ध जासुसहरुको उक्साहटमा भएको कथित जनयुद्धले नेपालको आधारभूत समस्या समाधान गर्न सकेन ।
भयो त केवल केही सिमित स्वार्थी नेता र विदेशीहरुको मात्रै स्वार्थ पूर्ति । पटक–पटक संविधान र व्यवस्था फेरिए पनि समानता, न्याय र अधिकार किस्ताबन्दीमा ठगिँदै आएका जनता वाक्कदिक्क भएका थिए । २००७, २०३६, २०१७ र २०४६ सालसम्म आउँदा पनि जनताको आधारभूत आवश्यकता परिपूर्ति र समस्या ज्यूँकात्युँ थिए । पटक–पटकको आन्दोलनमा धोखा दिने र नेतृत्व गर्ने मुलतः खस बाहुनकै नेतृत्व थियो । यस्तो अवस्थामा क्षमाशील नेपाली जनताले केही भैहहाल्छ की भनेर २०५२ बाट उठान भएको माओवादी युद्धमा ज्यान, धन र नैतिक सहयोग र समर्थन दिए । कतिको काख रित्तियो, कति एक्लिए, कतिको वंश नै सकियो, खरबौंको भौतिक क्षति भयो, वुर्जुवा शिक्षा भन्दै हजारौं देशको भविष्य बोकेका बालबालिकालाई बन्दुक बोकाइयो, हजारौंले बलिदान दिए । युद्धको समयको आर्थिक–भौतिक र सामाजिक क्षतिको हिसाब गर्दा नेपाल जस्तो विकाशोन्मुख मुलुक अरु दुई सय वर्ष यसै पनि पछि परेको थियो ।

बाहुनवादमा घोलिएर विकृत बनेको माक्र्सवादले विनास पछि विकास भनेर मख्ख पार्ने प्रचण्ड, बाबुराम हुन् । युद्धमा दिएको आकर्षक नारामा सबै आकर्षित भए । जनता जहाँ गुलियो, त्यहि बाहुन भुलियो भने जस्तै भए । गरीब मजदूरलाई धनी बनाइदिने, महिलाहरुलाई पुरुष भन्दा बढी अधिकार दिने, जनजातिलाई बाइसे, चौबीसे राज्यको बेला गुमेको भुरेटाकुरे राजाको जस्तो श्रीपेच लगाई दिने, आम सीमान्तकृत उत्पीडित कथित दलितलाई फु मन्त्र की वाचा चट ! भने जसरी विभेदलाई हटाई दिने भन्न सम्म भ्याए । तर, यिनको नारा भित्र षड्यन्त्र र ढाँटछलले भरिएको थियो । युद्ध थालेको पाँच वर्ष पछि नै शिथिलता पैदा भएको कारण एकाएक उग्र जातीय नाराको टेको टेक्नु परेको थियो ।
युद्धको समयमा धर्म निरपेक्षको नारा दाता रिझाउने दाउ थियो । मन्दिर तोड्ने र गाई काट्ने जनजातिलाई उचाल्नु थियो । इसाई र चर्चलाई तर्साउनु चन्दा लुट्नु थियो । टिकाउ नहुने प्रेम विवाह गरी टोपल्नु यौन प्यास मेटाउनु थियो । अछुतसँगै र उनीहरुको घरमा बसेर खानु पेटको भोक मेटाउनु र बन्दोबस्तीको सामाग्री जोहो गर्नु थियो । कसैले भनेको छ “दुनियाँको सबै भन्दा आतंकवाद नै ब्राम्हणवाद हो ।” यिनको ढोंगी र सतही देखावटी क्रान्तिकारीता गणतन्त्र घोषणा भएको १२ वर्षको अवधिमा छर्लङ्गै भैसकेको छ ।
प्रचण्ड जोगीको शरणमा गई भैसी पूज्नु, बाबुराम आमा लिएर मनकामना जानु, दशैंमा टिका लगाउनुले जनैवादीहरुको असली रुप देखाइसकेका थिए । जे–जस्ता उग्र र क्रान्तिकारी नारा उरालेर सत्ता, शक्ति, मोजमस्ती, भ्रष्टाचार, बलात्कार र अपराधमा डुबे पनि जनताको लागि चटकेले बाँदर नचाएर पैसा थैलोमा हाले जस्तो भएका छन् ।

युद्धको समयमा धर्म निरपेक्षको नारा दाता रिझाउने दाउ थियो । मन्दिर तोड्ने र गाई काट्ने जनजातिलाई उचाल्नु थियो । इसाई र चर्चलाई तर्साउनु चन्दा लुट्नु थियो । टिकाउ नहुने प्रेम विवाह गरी टोपल्नु यौन प्यास मेटाउनु थियो । अछुतसँगै र उनीहरुको घरमा बसेर खानु पेटको भोक मेटाउनु र बन्दोबस्तीको सामाग्री जोहो गर्नु थियो । कसैले भनेको छ “दुनियाँको सबै भन्दा आतंकवाद नै ब्राम्हणवाद हो ।” यिनको ढोंगी र सतही देखावटी क्रान्तिकारीता गणतन्त्र घोषणा भएको १२ वर्षको अवधिमा छर्लङ्गै भैसकेको छ ।

पूर्वमन्त्री लोकेन्द्र विष्ट मगर नेतृत्वको कार्यशैलीका कारण अहिले कृषि उत्पादनमा लाग्नु भएको छ । उहाँ भन्नुहुन्छ “नेतृत्वले जनतालाई ढाँटछल गरेर ठगिरहेका, लुटिरहेका छन् । अब जनता नठनिुस ।” उहाँको यो भनाइमा दश वर्षको कथित जनयुद्धको सार लुकेको छ । शान्ति प्रक्रियाम आएपछि युद्धका बेला क्षणिक रुपमा भएका सारा परिवर्तन उल्टिएका छन् । उहि यथास्थितिवादी पुरातन मनुवाद सर्लक्कै फर्किएको छ । गणतन्त्र घोषणाको १२ वर्षमा कथित दलित सीमान्तकृत समुदायका १२ जनाको श्रृंखलावद्ध हत्या भएको छ । जातकै आधारमा रुकुम आमनरसंहार गरिनु बाहुनबाद २१ औ शताब्दीको नयाँ संस्करण हो । यस्ता आततायी क्रुर घट्नामा पनि हिजोका जनयुद्ध हाँक्नेहरु अहिले जनैयुद्धमा रुपान्तरण भएका छन् । आफ्नो वर्ग र समुदाय भएकै कारण पीडकलाई प्रत्यक्ष रुपमा संरक्षण दिन खोज्दैछन् । प्रभाव र दबाब दिनुले ब्राम्हणवादीहरुको जनयुद्धको असली रुप उदांगो भएको छ । यिनले आम उत्पीडित समुदायलाई उचालेर आफ्नो जातवंश र समुदायको निहित स्वार्थपूर्तिका लागि मात्रै युद्धको नाममा नरसंहार र विध्वंश मच्चाएको प्रमाणित भएको छ ।

अब सम्पूर्ण शोषित, पीडित मुक्तिकामी जनसमुदायले यिनीहरुसँग एक–एक हिसाबकिताब गर्ने बेला आएको छ । धेरैपटक आन्दोलनका नाममा जनतालाई भिडाएर धोखा दिने एकनश्लीय जातिवादी सत्ताका विरुद्ध सबै देशभक्त, राष्ट्रभक्त उत्पीडित मुलवासी बहुजन समुदायको एकिकृत आदोलनबाट विद्रोह गर्न अतिनै आवश्यक भएको छ । कमजोर वर्गलाई सामाजिक न्याय प्रदान र उकास्नुको साटो मनुवादको सहारामा झन दबाउने । महिलाहरु माथि हत्या हिंसा, बलात्कार हुँदा कुनै चासो नलिने, युद्धको बेला काँध थापेका किसान, मजदूर, विद्यार्थीलाई अरब र खाडीतिर लखेट्नु, जनजातिलाई जातैपिच्छेको राजा र राज्य दिन्छु भन्दै लोप्पा खुवाउने, भारतसँग सुरुङ युद्ध गर्ने ढुवाङ पिट्दै अहिले चुँइक्क नबोल्ने, भ्रष्टाचार र अपराधमा चुर्लुम्म डुब्ने, पार्टी सिद्धान्त र नीतिमा स्खलित भएर एमालेमा विलय गराउने, हिजो बहुविवाह गर्नेलाई भाटे कारबाही गरेकाले तेस्री बुहारीलाई मन्त्रालय फुटाएर मन्त्री बनाउने ? तिमीहरु पतित नालायकहरुसँग कुनै नैतिकता र इमान्दारीता बाँकी छ ?

हजारौ वर्षदेखि बाहुनधर्म र मानुवादले किचेर निस्सासिएका सीमान्तकृत दलितहरु स्वतन्त्रताको सास फेर्न पाइन्छ । जातीय भेद्भाव, छुवाछुत र थिचोमिचोबाट त्राण पाइला भनेर युद्धमा होमिए । १७ हजार मध्ये लगभग २ हजार भन्दा बढी सीमान्तकृत दलितहरु मारिएका थिए । पहिलो शहिद दिलबहादुर रम्तेल हुन् । सुराकी र संरक्षण दिएको नाममा दुबै पक्षबाट कत्लेआम यहि समुदाय भए । छापामार आन्दोलनका अग्रमोर्चामा अरु समुदाय पछि सर्दा यहि समुदायलाई अघि सारियो । युद्धको कुनै गतिविधिमा संलग्न नहुँदा पनि दकासा(दमाई, कामी र सार्की)को नाममा सुरक्षा निकायले अनाहकमा मारियो ।
सयौं घरवस्ती र झुपडीमा आगो लगाइयो । भोग्नै नसक्ने क्षण यसकारण भोगे–जातीय समानता र विभेदबाट मुक्ति पाइएला कि भनेर । प्रेम विवाहको नाममा जातीय रुपमा रुकुममा आम नरसंहारमा ढाकछोप गर्नु जर्नादन शर्माहरुको क्रान्तिकारिता खरानी भई माटामा मिलेको छ । याद राख ! तिम्रो यस आराम, मोजमस्ती, इज्जत, मान, पदप्रष्ठिामा यो समुदायको बलिदानको अंश छ । गणतन्त्रमा तिम्रो एकाधिकारले जनताको सपना मुर्छित छ । गणतन्त्र लज्जित छ । कुरीकुरी जनार्दन शर्माहरु !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank