भारतमा लगेर सिरहाका एक दलितको हत्या 

विक्रम महरा १८ भाद्र २०७८, शुक्रबार २१:४१

सिरहा—सिरहासँग जोडीएको भारतीय विहारको जयनगर बजार नजिकै एक दलित युवकलाई घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको छ ।

मृतक सिरहाको गोलबाजर नगरपालिका ४ निपनियाँका ४० वर्षिय दुखरण महरा रहेको प्रहरीले जनाएको छ । महराको धारीलो हतियारले घाँटी रेटिएको छ भने शरिरको विभिन्न भागमा चोट पटक देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिराका सूचना अधिकारी सुवास बुढाथोकीका अनुसार, महराको शव जयनगरकै एक अस्पतालमा रहेको बताइएको छ । महरा विहिबार  दिउँसो किस्तामा पैसा उठाएर मोटरसाइकल किन्न घरबाट गोलबजारतिर  निस्किएको उनको जेष्ठो छोरा विमल महराले बताए ।

विहान वेवारिसे अवस्थामा भेटिएका उनको पकेटको डायरीमा नेपाली फोन नम्बरको आधारमा उनी नेपाली भएको जानकारी पाएपछि भारतीय प्रहरीले नेपाल प्रहरीसँग समन्वय गरेर जानकारी दिएको थियो । सोही आधारमा प्रहरीले घर परिवारलाई जानकारी दिएको  थियो । घटना थाहापाएपछि घरमा रुवावासी चलेको छ । मृतक महराको श्रीमती, तीन छोरा र एक छोरी रहेको छ । प्रहरीकानुसार घटनाबारे भारतीय प्रहरीसँगको समन्वयमा गरि थप अनुसन्धान कार्य भईरहेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank