अछुतका विरुद्ध न्याय कहिले ?

राम कुमार परियार १२ जेष्ठ २०७७, सोमबार १४:५८

२१ वर्षीय भाई स्वर्गिय नवराज विकको मृत्युको खबरले स्तब्ध भएको छु । त्यो भन्दा बढि घिन लागेर आउछ मृत्युको कारण सम्झिदा । मानिस – मानिसबीचमा विभेद खोज्ने यो समाजले आज फेरी एउटा भर्खर हुर्कदै गरेको जीवनले अकालमै मृत्युवरण गर्नुपरेको छ । अन्तरजातीय विवाहको नाममा मल्ल जातिसँग  विक भाईले विवाह गर्न खोज्दा आज मृत्युवरण गरेका छन । कति सजिलो छ, हाम्रो समाजमा जहाँ पशुलाई अंकमाल गरिन्छ, पशुलाई पुजा गरिन्छ, पशुलाई सँगै राखेर खाना ख्वाईन्छ त्यहि एउटा मान्छेले मान्छेसँग विहे गर्न खोज्दा हत्या गरिन्छ !
एउटा आमा बुवाले आफनो भर्खर हुर्कदै गरेको सन्तान गुमाउदा कस्तो भएको होला रु के कसैले त्यो अनुभूती गरेको छ रु आफनो सन्तानलाई सानो चोट लाग्दा त रात भरी न निदाउने आमा बुवा बुहारी लिन गएको छोरा फर्केर आउदैन भनेर भन्दा के भएको होला त्यो परिवारलाई के यो पिडा बुझ्छ त्यो पाखण्डी समाजले रु समाज जसलाई जिउँदाको जन्ती र मर्दाको मलामी भनेर हाम्रो समाजले जहाँ मान्छ्ले सुख बाडछन अनि दुख विसाउछन तर यदी समाज यस्तो हुने हो भने जसले समाजमा एक अर्काको भावना,संस्कारलाई सत्कार, सम्मान गर्दन भने त्यो समाजको के काम ?
बन्द कोठा भित्र रहेका अन्धभक्तहरु यी सबै घटनाहरु हुँदा पनि पत्तो पाउदैनन किन ? वा पत्तो पाउन खोज्दैनन् । करिब ४ बर्ष अगाडी धादिङ्ग जिल्लामा अन्तरजातिय विवाहका कारण ज्यान गुमाएका थिए । जसको लास ४ वर्षदेखि शिक्षण अस्पतालमा न्याय कुर्दै बसिरहेको छ , न्यायको लागि तर न्याय पाउन सकेको छैन । फेरी आज अर्को यो घटना जस्ले सिङ्गो मानव जगतलाई तुच्छ देखाई दिएको छ । कहिले काहि त लाग्छ यि २, ४ वटा जुन दलित र गैरदलितबीच भएको विवाहहरु छन । यि सबै अवशरवादि बिवाह भएका छन । दलित नै भए पनि यदि बिदेशको पिआर लिएका, अलिक धन सम्पतीवाला भएका, ठुला ओहोदामा भएकाहरु भएकाले मात्र यी गैर दलितहरुले स्विकारे जस्तो लाग्छ ।

भर्खर मात्रै प्रधानमन्त्री ज्युले समाज जातिय विभेद मुक्त हुनेछ भनेर भनेको जस्तो लाग्छ । जातिय विभेदलाई प्रसय दिनेलाई सजाय दिलाएर हो कि यसरी नै दलितका युवाहरुलाई एक एक गरि सिद्दाएर हो ।

यदि राज्य साच्चै जातिय विभेदको विरुद्धमा छ भने समाजका यि पाखण्डीहरुलाई आफुलाई सधै उच्च देखाउन जतिय विभेदलाई प्रोत्साहन दिनेलाई कडा भन्दा कडा सजाय हुनु पर्छ । अझ न्याय नै दिनु छ भने त मान्छे मार्नेलाई मर्नेको आफन्तले पनि मार्न पाउनु परयो या त जातिय विभेदको कारणले मान्छेको ज्यान लिनेलाई समाजको  विचमा राखेर झुन्डयाईनु परयो ।
अन्त्यमा, स्वर्गिय भाई तिम्रो आत्माले त शान्ती पाउदैन होला । तर, पनि तिम्रो आत्माको शान्तीको लागी प्रार्थना गर्दछु । अन्य घाईतेहरुलाई शिघ्र स्वास्थलाभको कामना । निति स्तरमा, बौद्धिक स्तरमा रहनेहरु दलित नेता, दलित अधिकार्मीेहरु, दलित सरोकारवालाहरुले पनि यस बिषयमा अलिक धेरै ध्यान केन्द्रित हुनुपरयो । साथै यो दलितको घटना भनेर गैर दलित अभियन्ताहरु यसलाई जातिय मुद्धा नबनाऔं । यो मानव जगत कै निर्मम क्रुरघटना हो जसमा सबै नेपालीको समर्थन चाहिन्छ । दोषीलाई हदै भन्दा हदै कारवाही हुनु जरुरी छ । सरकारले छुवाछूतका अपराधीहरूलाई संविधानको कानुन अनुरुप कारवाही गदैनन् ,तबसम्म अछुतहरूले न्याय पाउन गाह्रो हुनसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank