‘जात व्यवस्था बचाउने सरकार मुर्दावाद’ भन्दै शिक्षामन्त्री कृष्ण श्रेष्ठको बुटवलमा पुत्ला दहन

दलित अनलाईन १५ असार २०७८, मंगलवार ००:०४

बुटवल —जातीय भेदभाव तथा छुवाछूत जस्तो सरकारवादी मुद्दाका अभियुक्त छुटाउन सरकारी दलबलसहित गएको भन्दै शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठको राजीनामा माग गर्दै बुटवलमा पुत्ला दहन गरिएको छ।

संयुक्त दलित संघर्ष समिति रुपन्देहीले बुटवलको पुष्पलाल पार्कमा शिक्षामन्त्रीको पुत्ला दहन गर्दै जातीय भेदभावविरुद्ध सोमबार प्रदर्शन गरेको हो ।

‘जात व्यवस्था अन्त्य गर’, ‘मान्छे भएर बाँच्ने अधिकार सुनिश्चित गर’, ‘जात व्यवस्था बचाउने सरकार मुर्दावाद’ जस्ता नारा लेखिएका प्लाकार्ड बोकेर प्रदर्शन गरिएको थियो।

सञ्चारकर्मी रुपा सुनारले जातकै कारण भाडामा कोठा नपाएको भन्दै काठमाडौं बबरमहलकी सरस्वती प्रधानविरुद्ध कारबाही माग गर्दै उजुरी दर्ता गरेकी थिइन्। जातीय विभेदको सरकारवादी मुद्दालाई आरक्षणसँग तुलना गरेर विभिन्न तर्क वितर्कसमेत हुन थालेकोमा आपत्ति जनाउँदै जात व्यवस्था अन्त्य नगरे देशमा युद्ध हुने चेतावनी प्रदर्शनमा सहभागीले दिए।

संयुक्त दलित संघर्ष समिति रुपन्देहीका अध्यक्ष हरिओम विश्वकर्माले देशमा गणतन्त्र स्थापना हुँदासम्म पनि जातीय भेदभाव अन्त्य नभएकोमा आक्रोश पोखे। उनले ९९ प्रतिशत दलित समुदायले कोठा भाडा नपाउने समस्या रहेको भन्दै विभेदयुक्त समाज परिवर्तन गर्ने अभियानमा लाग्न अपिल गरे।

प्रदर्शनमा क्रममा आयोजित सभामा दलित नेता ओम प्रकाश विश्वकर्मा, जीवन परियारलगायतले बोल्दै जातीय भेदभावविरुद्ध सशक्त रुपमा प्रतिरोधमा उत्रने चेतावनी दिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank