नाच्दै–गाउँदै धान रोप्दै : कृषिमन्त्री

दलित अनलाईन १५ असार २०७५, शुक्रबार ०५:५८

कपिलवस्तु ।  असार महिना ‘मानो रोपेर मुरी फलाउन’ दिन । अर्थात आज असार १५, धान दिवस । ‘धान उत्पादनमा बृद्धिः राष्ट्रको समृद्धि’ भन्ने मूलनाराका साथ १५ औँ धान दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मुलुकभर मनाइँदै छ ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सिफारिसमा २०६१ साल मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट असार १५ गतेलाई धान दिवसका रुपमा मनाउन शुरु गरिएको हो । यसवर्ष सरकारले काठमाडौँको दक्षिणकालीमा धान दिवसको आयोजना गरेको छ ।

कृषिको परनिर्भरता कम गर्न र किसानलाई हौसला पु¥याउन प्रत्येक वर्ष धान दिवस मनाइँदै आएको हो । यो दिवसका अवसरमा कृषि तथा भूमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणी खनाल बलदेवले कपिलबस्तुमा पुगेर धान रोपेका छन् ।

त्यसक्रममा तिलौराकोटमा उनले सहभागिहरुसँग नाच्दै–गाउँदै धान रोपेका छन् । दबदबे हिलोमा शुक्रबार विहानै सहयोगिका साथ खेतमा विउ बोकेर पुगेका खनालले अरु सहभागि भन्दा छिटोछिटो धान रोपेको देखेर अन्य सहभागिहरु चकित परेका थिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank