नवराज विकको हत्याका विषयमा बोल्दा ‘पोलिटिकल किलिङ’ भयो : भेरी नगर प्रमुख चन्द्र प्रकाश घर्ति

दलित अनलाईन १७ श्रावण २०७७, शनिबार २०:५२

काठमाडौं–भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश (सिपि) घर्तिले नवराज विश्वकर्मा सहित ५ जनाको हत्या गर्नेहरुलाई सजायको माग गर्दा आफुलाई राजनीतिक रुपमा मार्न (पोलिटिकल किलिङ) खोजेको अभिव्यक्ति दिएका छन् ।
स्पिक आउट अगेंष्ट कास्ट सिष्टम मुल आयोजक तथा नेपाल राष्ट्रिय उत्पीडित विद्यार्थी संगठन र अनेरास्ववियू उत्पीडित राष्ट्रिय सम्पर्क कमिटिको आयोजनामा भएको कार्यक्रममा प्रमुख चन्द्रप्रकाश (सिपि) घर्तिले आफुलाई राजनीतिक रुपमा मार्न (पोलिटिकल किलिङ)खोजेको अभिव्यक्ति दिएका हुन् । तर कुन राजनीतिक दलबाट आफुलाई राजनीतिक रुपमा मार्न (पोलिटिकल किलिङ) खोजे उनले खुलाएका छैनन् । अन्याय र अत्याचारको विरुद्ध आफु जस्तोसुकै परिस्थितिमा पनि लड्ने बताउँदै नगर प्रमुख घर्तिले साँच्चै नेपाललाई समृद्ध बनाउने हो भने जातीय विभेद अन्त्य गर्नुपर्ने र सबै जातको मान्छे सम्मानपुर्वक बाँच्न पाउनुपर्ने बताए ।
आफुलाई उत्पीडित समुदायहरुले भोट दिएर जिताएको स्मरण गर्दै विभेदका विरुद्ध उभिन्छु ,उभिदां मेरो पद खोसिन्छ भने पनि खोसियोस् तर न्यायको लडाइँमा कसैसँग पनि सम्झौता नहुने दाबी गरे । ‘हामी जो जहाँ जस्तो अवस्थामा छौं, सबै ठाउँ र तप्काबाट विभेदका विरुद्ध लागौं ’,उनले भने,‘ रुकुम पश्चिमको घटनालाई अन्तिम बनाउने ढंगले अगाडी बढौं , म यहाँहरुसंगै लड्ने वाचा गर्दछु ।’

कार्यक्रममा अनेरास्ववियूका नेता रश्मी आचार्यले समाजमा रहेका हरेक खाले विभेदका विरुद्ध अनेरास्ववियू लड्ने बताए । अनेरास्ववियू जस्तो प्रगतिशील संगठनले जातीय विभेद जस्तो जघन्य अपराधलाई नजर अन्ंदाज गदै अभियान चलाउने घोषणा गरे । रुकुम पश्चिमको घटनाले सिंगो मुलुकलाई नै लज्जित बनाएको बताउँदैं दोषीलाई कडाभन्दा कडा कारबाही हुनपर्नेमा जोड दिए ।

क्रान्तिको विगुल फुक्नें रुकुम जाजरकोटमा जसरी नवराज विक सहित पाँच जनाको हत्या गरियो ,यसले कमरेडहरु दलालमा परिणत भएको स्पष्ट पारेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै रुकुम घटनाका स्थलगत अध्ययन टोली का सदस्य, नेपाल बार एशोसिएसनका केन्द्रीय सदस्य अधिवक्ता मोहन शाहशंंकरले रुकुम घटनामा प्रहरीले ठुलो त्रुटि गरेको बताए । घटनाको प्रारम्भदेखि नै प्रहरीले तथ्य र प्रमाणहरु लुकाउन खोजेको उनको आरोप छ । अदालतमा रहेको मुद्दाको बारेमा धेरै बोल्न नमिले पनि न्याय पाउनेमा भने शंका उब्जिएको शाहशंकरले दावी गरे ।

कार्यक्रममा अनेम संघ केन्द्रीय सदस्य अधिवक्ता सुनिता अधिकारी परियारले दलित आन्दोलनलाई एकीकृत गरेर लैजानुको विकल्प नरहेको बताइन् । जातका नाममा नवराज विकहरु मारिनु यो समाजको लागि विडम्बना भएको भन्दै रुकुम घटना अन्तिम हुने गरी निर्णायक आन्दोलन गर्नुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा अनेरास्ववियूका नेता मोती विकले कम्युनिस्टहरुको दुई तिहाईको सरकार हुँदा पनि यस्ता खाले घटना घट्नु निकै पिडादायी भएको बताए ।
युवा नेत्री तथा समाजशास्त्री उषा किरण तिमिल्सिनाले राज्य संचालकहरुको द्धैध चरित्रले गर्दा नै रुकुम पश्चिमका हत्याराहरुको मनोबल बढेको बताइन् । क्रान्तिको विगुल फुक्नें रुकुम जाजरकोटमा जसरी नवराज विक सहित पाँच जनाको हत्या गरियो ,यसले कमरेडहरु दलालमा परिणत भएको स्पष्ट पारेको छ ,तिमिल्सिनाले  बताइन् ।
अधिवक्ता यम कुमारी ददेलले रुकुमका पिडितले न्याय नपाउन्जेल घटनाले कस्तो मोड लिन्छ भन्न नसकिने बताइन् । जात मिल्दा र मन मिल्दा थुप्रै बाल विवाह गराउने समाजले नवराज विकलाई बाल विवाहसँग जोडिनु हास्याँस्पद तर्कबाहेक केही अरु केही हुन नसक्ने उनको जिकिर छ ।
रवि सेन्चुरीको अध्यक्षतामा, प्रेम विश्वकर्माले स्वागत मन्तव्य र रामलाल राजवंशी विकेले कार्यक्रम संचालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank