धनुषमा दलित परिवार कुटिए

दलित अनलाईन २३ भाद्र २०७७, मंगलवार १७:०३

धनुषा— धनुषाको विदेह नगरपालिकामा–३ गोबाराहीका दलित परिवार स्थानीय पूर्वप्रधानपञ्च हरि कुसियैतको परिवारबाट कुटिएका छन् ।

सोमबार साँझ भएको सामान्य कुराकानीको क्रममा भएको विवादमा कुसियैत परिवारले दास परिवारमाथि घरमै प्रवेश गरेर कुटपिट गरेको हुन् ।

उनीहरुको कुटाईबाट ४५ वर्षीय निलमदेवी दास, २४ वर्षीय रामशरण दास र रामभगत दास घाइते भएका छन् । निलम देवीमाथि निर्घात कुटपिट भएकाले उपचारका लागि जनकपुरस्थित काव्य अस्पतालमा भर्ना गरिएको पीडित रामशरण दासले बताए ।
कुसियैत परिवारले सामान्य विवाद भएपछि सदा परिवारको घरमै प्रवेश गरेर घरमा रहेकाहरु परिवारजनमाथि हातपात गरेको पीडित रामशरण दासले जानकारी दिए ।

सामान्य विवाद हुँदा पुर्वप्रधानपञ्चको परिवारले जातीय आधार डुम भन्दै गाली गलौज गरी कुटपिटमा उत्रिएको पीडित रामभगत दासले बताए । ‘कुराकानी भएको मात्रै थियो, जातीय आधारमा डुम भन्दै कुटपिट गरे, हाम्रो गल्ती छैन । ’

कुटपिट गर्नेहरुमाथि कारबाहीका लागि दुहबी गोबराही प्रहरी चौकीमा पीडित परिवारले निवेदन दिएका छन ।
यता दुहबी प्रहरी चौकीका सई हिलम सिंह दनुवारले भने दुवै पक्षबीच ज्यालाको विषयमा विवाद भएको र सो क्रममा कुटाकुट भएको जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank