दुखी राम नेपाली समाजमा आमरुपमा दुखमा बाँचेकाहरुको आशा र भरोसाका केन्द्र हुन् । उनीहरुका हाँसो र आक्रोसका प्रतिनीधि पात्र हुन् । वि.सं.१९४६ मा जन्मेका दुखी रामको २०७६ असाढ २० गते राति १० बजे आफ्नै निवासमा निधन भयो । उनी सप्तरी जिल्लाको साविकको हरिहरपुर २ हालको कृष्णासिमरन गाउपालिका वडा नं ३ मा जन्मेका थिए । र करिब १० वर्षको उमेरदेखि दुखीहरुको अनुहारमा सुख भर्न हिडेका दुखी रामले ८० वर्षको उमेरमा सधैका लागि विदा विश्राम लिए अनगिन्ती सपनाहरुको गुण्टा बाँधेर । पछिल्लो समयमा भेटिदा उनी संविधानमा आवास र भूमिहिनलाई एकपटक जमिन दिने कुराप्रति अलिकति भएपनि आशावादी देखिन्थे । भने उनी राजनीतिक दलहरु आश्वास मात्र दिने पूरा नगर्ने र नेपालका सामाजिक आन्दोलनहरु प्रयोग गर्ने र छोड्ने प्रवृतिप्रति भने निकै निरास थिए । उनसंग विरामी अवस्थामा भट्दा आफ्ना सहयोद्धा बलदेव रामको निधनपछि निकै निरास थिए र उनी भनिरहेका थिए मेरो पालो पहिले आउनुपर्ने हो उनी पहिला गए ।
दुखी रामको जीवन सम्झौताहिन करिव ७ दशक निरन्तर संघर्षमा वित्यो । उनी व्यक्ति मात्र होइनन् आन्दोलनका पर्याबाची हुन । उनले राणाकाल, पंचायतकाल र दुई दशकको प्रजातन्त्र अनि ऐतिहासिक जनआन्दोलन २०६२/६३ पछिका उतारचढावका प्रत्यक्ष साक्षी भएर विताए । उनी २०५६ मा मधेशी दलितहरुको अगुवाईमा भएको सिनो बहिष्कार आन्दोलनको अगुवामध्येका एक थिए । सो आन्दोलनले मधेशी दलितको राष्ट्रिय राजनीतिमा आकार ग्रहण गरेको थियो । सिंगो दलित आन्दोलनलाई शिर खुम्च्याएर सोच्न बाध्यता सृजना गरेको थियो । चमार बहिष्कार विरुद्धको प्रतिरोधपूर्ण आन्दोलनको अनुभव सिक्न देशभरिबाट मात्र होइन विदेशबाट समेत आएका थिए । यही आन्दोलनको प्रभावमा २०५८ मा दलित विकास समिति र राष्ट्रिय दलित आयोगको गठन भएको थियो भने दलित लक्षित कार्यक्रम संचालन हुन थालेका थिए । उनी हालसम्म दर्जनौं पटक जेलनेल खानुका साथै स्थानीय जमिन्दारहरुको निर्देशनमा स्थानीय डाँकाहरुबाट कैयौं पटक पिटाइ खाएका थिए ।
दुखी रामको जीवन सम्झौताहिन करिव ७ दशक निरन्तर संघर्षमा वित्यो । उनी व्यक्ति मात्र होइनन् आन्दोलनका पर्याबाची हुन । उनले राणाकाल, पंचायतकाल र दुई दशकको प्रजातन्त्र अनि ऐतिहासिक जनआन्दोलन २०६२/६३ पछिका उतारचढावका प्रत्यक्ष साक्षी भएर विताए ।
चर्चित चमार बहिष्कार विरुद्धको प्रतिरोधपूर्ण आन्दोलनलाई भूमि अधिकारको आन्दोलनमा जोड्दै बलदेब र दुखी रामले पहिलो पटक २०६१ साल पौष ४ गते काठमाडौंको टुडिखेलबाट भूमि आन्दोलनको शंखघोष गरेका थिए । उनले भनेका थिए वर्गीय र जातीय मुक्तिको आधार भूमि सुधार । यस घोषणाले राजनीतिक दलहरुमा मात्र सिमित भूमिसुधारको मुद्दा आधारभूत जनताको मुद्दा बनेर नागरिक तहमा समेत वहस हुन थालेको हो । सिराह सप्तरीबाट शुभारम्भ भएको भूमिअधिकार आन्दोलन देशका सबै जिल्लामा पुगेर हालै पोखरामा ५ औं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेकोमा उनी अति गौरान्वित देखिन्थ्ये । उनी कुनै पनि संस्था वा निकायबाट सम्मान प्राप्त गर्न नसकेकोमा भने नमिठो दुख पोखिरहेका थिए ।
चमार बहिष्कार विरुद्धको आन्दोलनबाट उठेको मधेशी दलितहरुको स्वाभिमानलाई दुखी रामहरुले मधेशी दलितको बस्ति बस्तिमा पुराए । जसको सवाल उसको अभियान भन्ने नारालाई बलदेब राम, दुखीराम, ढोढाई राम, महन्थी रामलगायतका नेताहरुले आफ्नो मात्र होइन दुनियाँको मुक्तिका लागि लाखौं जनताको जनप्रदर्शन, मेची महाकाली दलित अधिकार यात्रालगायतका अभियानहरु गरे । उनीहरु जमिनको मुद्दा, जातीय छुवाछूत र विभेदको मुद्दा, सिनो नखाने मुद्दा, सरकारको स्वामित्वमा रहेको बाँसबारी छाला उद्योग कम्पनीका ठेक्केदारलाई कम मूल्यमा छाला बेच्नुपर्ने बाध्यताको विरुद्ध ठेक्केदारी प्रथा अन्त्य गर्ने संघर्ष, चमार समुदायले सिनो फालेबापतको ज्याला आफैले निर्धारण गर्न पाउने अधिकार, भूमिहिन, सुकुम्वासी, हरवाचरवा प्रथाका विरुद्धको आन्दोलन, दलित महिलाहरुले सुडेनीको भूमिका खेल्नुपर्ने शोषणका विरुद्धको आन्दोलन, सार्वजनिक मठमन्दिर, पाटीपौवा, इनार तथा धारा प्रयोग गर्न नदिने, शिक्षाका लागि भीक्षा आन्दोलन, भूमि, नागरिकता र आक्षरणका लागि इतिहासमै सबभन्दा धेरै दलित राजविराजमा ४८ घण्टे रिले अनशन, मन्दिर प्रबेश आन्दोलनलगायतमा उनको नेतृत्वदायी र अविभावकीय भूमिका थियो ।
नेपालमा दलितहरूको सबभन्दा बढी जनसंख्या रहेको सप्तरीमा उहाँहरुले आन्दोलनको निरन्तरताका लागि दलित चेतना संगम नामक आफ्नै जनसंगठनको निर्माण गरी बस्ती-बस्तीमा पैदल यात्रा गरेर जागरण अभियान संचालन गरे । सो जागरण अभियानमा ५० देखि ५०० जनासम्म सहभागी हुन्थ्ये । महिलाहरुको ठूलो सहभागिता देखेर आन्दोलनमा महिला स्वामित्व बृद्धि गर्न नारी चेतना संगम गठन गरे । गाउँगाउँ वस्तिमा बस्तिमा छलफल केन्द्र स्थापना गरिए । हरेक छलफल केन्द्रमा मधेशी दलित समुदायका यूवाहरुलाई अभियानकर्ता बनाइयो । जसमध्ये एक जना गणेश राम थिए । उनकै छलफल केन्द्रबाट सिनो बहिष्कार अभियानको शुभारम्भ भएको थियो । उनी अहिले पनि भूमिहिन तथा हरवाचरवा आन्दोलनमा सक्रीय छन् । दुखी रामहरुले सुझबुझका साथ नेपाली राजनीतिमा मेलखाने र आफ्नो जातीय तथा वर्र्गीय उत्थानका लागि वर्गीय मुक्तिको आधार, भूमि सुधार भन्ने नारा तय गरेका थिए । अहिले चमारहरुलाई नाकाबन्दी गर्नेहरु पार्टीका नेता छन्, साँसद छन्, मन्त्री छन् । सामाजिक अभियान्ता छन्, व्यापारी छन्, स्थानीय तहमा जनप्रतिनीधि छन् तर आन्दोलनमा खाली खुट्टा हिड्नेहरु हरवाचरवाबाट समेत मुक्त हुन सकेका छैनन् । अर्थात हिजो राजनीतिक शासन व्यवस्था गणतन्त्रमा पुर्नसंरचना भए तर दासप्रथाको अवशेषका रुपमा रहेको हरवाचरवाप्रथा अझै बाँकी छ अर्थात गणतन्त्रमा पनि एडजष्टमेण्ट भएर बसेको छ । दुखी रामहरुले जसको सवाल उसको नेतृत्वका अलावा साझा सवाल, साझा आन्दोलन, साझा उपलब्धी र साझा इतिहाँस भन्ने मान्यता स्थापित गर्दै सबै राजनीतिक दलहरुमा संलग्नहरुको स्वतन्त्र र सशक्त संयुक्त दलित आन्दोलनको परिकल्पना गरेका थिए ।
दुखी राम मधेशी दलित मात्र होइन देशभरिका दलितको भूमि, नागरिकता, आवास, आत्मसम्मान, शिक्षा र रोजगारी, हरवाचरवा, ज्याला बृद्धिलगायत विषयमा सधैं क्रियाशील रहे । उनले औपचारिक शिक्षा प्राप्त गरेका थिएनन तर उनमा गरिव, उत्पीडित र श्रमजीवि, सर्वहारवर्गको मुक्तिको योजनासहितको विश्वविद्यालय थियो ।
दुखी राम मधेशी दलित मात्र होइन देशभरिका दलितको भूमि, नागरिकता, आवास, आत्मसम्मान, शिक्षा र रोजगारी, हरवाचरवा, ज्याला बृद्धिलगायत विषयमा सधैं क्रियाशील रहे । उनले औपचारिक शिक्षा प्राप्त गरेका थिएनन तर उनमा गरिव, उत्पीडित र श्रमजीवि, सर्वहारवर्गको मुक्तिको योजनासहितको विश्वविद्यालय थियो । सो को इतिहास विना मूल्य माटोमा हराउने परम्परालाई जोगाउनु हामी बाँचेकाहरुको कर्तव्य हो । त्यसैले उनको अगुवाइमा शुरु भएको अभियानको निरन्तरता अझै औचित्यपूर्ण छ । उनले विभेदकारी नियम अस्वीकार गर्न र शास्त्रीय नियम बदल्न सिकाएका मानिसहरुको संख्या ठूलो छ । दुखी रामहरुले उचालेको मुक्तिको झण्डा अब अर्को पुस्ताले बोक्नेछ । राज्यले दलित तथा भूमिहीनको समस्यालाई सम्बोधनमा तदारुकता देखाएर र आन्दोलनले पनि हातेमालो गरेर उनीहरूलाई सम्मानपूर्वक बाँच्ने वातावरण तयार गरिदिए दिवंगत दुखी रामप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।
Leave a Reply