स्वर्गीय पत्रकार एलबी विश्वकर्माको परिवारलाई पत्रकार महासंघको ५० हजार सहयोग

दलित अनलाईन २३ माघ २०७८, आईतवार २१:५७

काठमाडौं—  नेपाल पत्रकार महासंघले स्वर्गीय पत्रकार एलबी विश्वकर्माको परिवारलाई राहतस्वरुप ५० हजार रुपैयाँ हस्तान्तरण गरेको छ ।

कोभिड–१९ को महामारीका बेला बिरामी भएर अस्पताल पुग्दा समेत आर्थिक अभाव र अस्पतालको लापरवाहीले उपचार नपाएर अल्पायुमै निधन भएका २५ वर्षीय पत्रकार विश्वकर्माको परिवारलाई महासंघले राहत उपलब्ध गराएको हो ।

महासंघको कार्यालयमा आइतबार वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासचिव रोशन पुरी र नेपाल पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष ध्रुबराज अर्यालले पत्रकार विश्वकर्माका मामा चन्द्र विश्वकर्मामार्फत् उनकी श्रीमती निर्मला विकलाई राहत हस्तान्तरण गरिएको हो ।

नेपाल पत्रकार महासंघ बेलायत शाखाको सहयोगमा महासंघले विश्वकर्माको परिवारलाई ५० हजार रुपैयाँ राहत उपलब्ध गराएको महासचिव रोशन पुरीले जानकारी दिए ।  टिभी टुडेमा कार्यरत अछामका विश्वकर्माको गत माघ ६ गते विहान साढे ३ बजे पाटन अस्पतालमा उपचारकै क्रममा निधन भएको थियो । पत्रकार विश्वकर्माका श्रीमती र साढे तीन वर्षे छोरा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank