एमालेमाथि पहिलो प्रहार हुनसक्छ : ओली 

दलित अनलाईन २ फाल्गुन २०७९, मंगलवार १८:१७

काठमाडौं—  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय र अन्तराष्ट्रिय शक्तिहरुले देश बर्बाद पार्न खोजेको बताएका छन् ।

अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै ओलीले देशलाई बर्बाद पार्न बिभिन्न शक्तिहरु सक्रिय रहेको र त्यसको पहिलो प्रहार एमालेमाथि हुनसक्ने बताए।

ओलीले पाँच दलीय गठबन्धन तोडेर अर्को सरकार बनाउनु सफलताको कुरा भएको भन्दै उनले एमालेसंग बहुमत नरहेको अवस्थामा यो स्थीति नफेरिएला भन्न नसकिने धारणा राखे । उनले मुलुकमा स्थिरता, स्थायित्व हुन नदिने प्रयास भइरहेको र संसद्को बनावट नै अस्थिरताको कारक बनेको जिकिर गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank