प्रहरी हिरासतमा दलित युवाको हत्या

दलित अनलाईन २८ जेष्ठ २०७७, बुधबार १२:०८

काठमाडौं—धनुषा जिल्लास्थित सबैला नगरपालिका १२ बस्ने २४ वर्षीय शम्भु सदाको हिरासतभित्र प्रहरीको कुटपिटबाट हत्या गरिएको आफन्तहरुले दावी गरेका छन् ।
सदाको धनुषा इलाका प्रहरी कार्यालय सबैलाकोे हिरासतभित्रको शौचालयमा झुण्डिएको अवस्थामा मृत भेटिएपछि मुसहर समुदायहरुले उनीको प्रहरीको कुटाईबाट हत्या भएको भन्दै विरोध गरेका हुन ।
इलाका प्रहरी कार्यालय सबैलाको हिरासतमा जेठ २६ गते सदा मृत भेटिएपछि स्थानीयले छानबिनको माग गर्दै प्रर्दशनमा उत्रिएका छन । मृतक मुसहर सवारी ज्यान मुद्दाका प्रतिवादी समेत थिए ।
मंगलबार प्रर्दशनमा उत्रिएका मुसहर समुदायमाथि प्रहरी कार्यालयमै झडप भएको छ । प्रर्दशनकारीलाई नियन्त्रणमा लिनका लागि प्रहरीले केही राउण्ड अश्रुग्यास समेत प्रहार गरेको थियो । प्रहरी हिरासतभित्रै प्रहरीले कुटेर हत्या गरी हिरासतमै झुन्ड्याएको उनीहरुको आरोप छ । आक्रोसित स्थानीयले इलाका प्रहरी कार्यालय सबैलाको भ्यानमा तोडफोड गरेको छ । सबैलाई नगरपालिका वार्ड नं १२ बस्ने दिपा सदाको छोरा वर्ष २५को शंभु सदा(मुसहर) लाई सबैलास्थित इलाका प्रहरि प्रहरिले कुटेर हत्या गरि हिरासतमै झुन्ड्याएर मारिएको परिवारजनले आरोप लगाएका छन् ।
सदाको शवलाई पोष्टमार्टम गरी गुपचुप रुपमा दाहसंस्कार गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank