संसदीय समितिको भागबण्डा प्रमुख तीन दलबीच सहमति

दलित अनलाईन ११ बैशाख २०८०, सोमबार १८:२५

काठमाडौँ  — प्रमुख तीन दलबीच संसदीय समितिको भागबण्डाको विषयमा सहमति जुटेको छ ।

सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुले संसदीय समितिको भागबण्डामा सहमति जुटाएका हुन् ।

प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच विभिन्न संवैधानिक समिति गठनमा पनि सहमति भएको छ।

पछिल्लो गतिरोध अन्त्य गर्दै भएको सहमतिअनुसार एमालेले तीनवटा संवैधानिक समितिको नेतृत्व पाउने भएको छ।

सार्वजनिक लेखा समिति, राज्यका निर्देशक सिद्धान्त अनुगमन तथा निर्देशन विशेष समिति र अर्को एक समितिको सभापति एमालेले लिनेछ।  यस्तै, कांग्रेसले संसदीय विशेष सुनुवाइ समितिको सभापति लिने सहमति भएको छ। प्रतिनिधिसभामा १० वटा विषयगत समिति छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank