हरवाचरवा र हलिया मुक्तिका लागि हामी समर्पित छौं : राष्ट्रिय दलित नेटवर्क

दलित अनलाईन ६ भाद्र २०७७, शनिबार २०:१५

काठमाडौं— राष्ट्रिय दलित नेटवर्क (आरडीएन)ले भूमिहिन, सुकुम्बासी र हरवाचरवाको मुक्ति, मुक्त हलियाको पुनस्थापनाका बाँकी रहेको ऐतिहासिक चुनौतिपूर्ण कामलाई अवसर रुपमा बदल्दै सामाजिक न्यायका लागि संस्था झनै प्रतिबद्ध भएर काम गर्ने घोषणा गरेको छ ।

राष्ट्रिय दलित नेटवर्क (आरडीएन)ले दुई दशकदेखिको हरवाचरवा र हलियाहरुको हक–हितको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै २० औं स्थापना दिवसको अवसरमा केन्द्रीय अध्यक्ष गणेश बिकले शुभकामना वक्तव्य जारी गर्दै सामाजिक न्यायका लागि संस्था झनै प्रतिबद्ध भएर काम गर्ने घोषणा गरेका हुन् ।
शुभकामना वक्तव्यमा भनिएको छ  : नेपाल सरकारले भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोवासीको समस्या समाधान गर्न भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरेको छ । त्यसैले भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोवासी तथा मुक्त हुन बाँकी हरवाचरवाको मुक्ति, मुक्त हलियाको पुनस्थापनाका बाँकी काम पूरा गर्नका लागि पहिचान गरी पुस्तौदेखि जमिनबाट बंचितहरुलाई सूचुचित गर्ने, संगठीत गर्ने र परिचालन गर्ने काम गरिनुपर्दछ । (आरडीएन) नेपालको स्थापनाकालदेखि अर्थात दुई दशकदेखिको यस ऐतिहासिक चुनौतिपूर्ण कामलाई अवसर बदल्दै सम्पूर्ण शक्तिकासाथ योजनाबद्धरुपमा लाग्न सम्पूर्णमा आव्हान गर्न चाहन्छौं ।

राष्ट्रिय दलित नेटवर्कले जारी गरेको विज्ञप्ति

                                                                                   मितिः २०७७/०५/०६

राष्ट्रिय दलित नेटवर्क (आरडीएन) वि.संं.२०५७ भाद्र ६ गतेका दिन दलित समुदायका बहुआयामिक समस्याहरुको दीर्घकालिन समाधानका लागि जातीय छुवाछूत र भेदभाव विनाको नव नेपाल संभव छ, आउनुहोस निर्माण गरौं भन्ने मूल नाराकासाथ स्थापना गरिएको थियो । नेपाली दलितहरुको मूल समस्या भनेको राजनीति क्षेत्रमा (पार्टीहरुभित्रको समावेशीकरण, जनप्रतिनीधमुलक संस्थाहरुभित्रको समावेशीकरण, प्रशासनिक क्षेत्रको समावेशीकरण), आर्थिक क्षेत्रमा (भूमिहिनताको अन्त्य, बेरोजगारीको अन्त्य, शोषणमुलक प्रथाहरुको निर्मूलन) र सामाजिक क्षेत्रमा (जातीय छुवाछूतको अन्त्य, दण्डहिनताको अन्त्य र शिक्षामा रहेको बंचितीकरणको अन्त्य) हो । यी राजनीतिक, आर्थिक र सामाजिक समस्याको समाधान एकीकृत वैज्ञानिक आरक्षण प्राप्तिलाई मूल लक्ष बनाउँदै आएको छ ।

उक्त मागहरु नेपालको संविधानमा सुनिश्चित गर्ने युगिन काम सम्पन्न भएको छ । नेपालको संविधान कार्यान्वयनका लागि नेपाल सरकारले भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोवासीको समस्या समाधान गर्न भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरेको छ । त्यसैले भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोवासी तथा मुक्त हुन बाँकी हरवाचरवाको मुक्ति, मुक्त हलियाको पुनस्थापनाका बाँकी काम पूरा गर्नका लागि पहिचान गरी पुस्तौदेखि जमिनबाट बंचितहरुलाई सूचुचित गर्ने, संगठीत गर्ने र परिचालन गर्ने काम गरिनुपर्दछ । च्म्ल् नेपालको स्थापनाकालदेखि अर्थात दुई दशकदेखिको यस ऐतिहासिक चुनौतिपूर्ण कामलाई अवसर बदल्दै सम्पूर्ण शक्तिकासाथ योजनाबद्धरुपमा लाग्न सम्पूर्णमा आव्हान गर्न चाहन्छौं ।

हाम्रो मुलुक कोभिड १९ बाट उत्पन्न हुने संभावित महामारीका विरुद्ध लडिरहेको बेला रुकमपश्चिमको नरसंहार, अंगिरा पासी र शम्भु सदालगायत १० वटा हत्या, ४ वटा दलित महिला तथा वालवालिकाहरुको वलात्कार, २३ वटा जातीय छुवाछूत र विभेदसंग सम्वन्धित घट्ना, ८ वटा भोकमरी र अभाव सम्वन्धी घट्ना, १२ वटा कुटपिट र गाली वेइज्जती, ७ वटा कोभिडसंग सम्वन्धित विभेद, २ वटा सामाजिक संजालमार्फत गरिएका विभेद गरी ७० वटा घट्नाहरु घटेका छन् । यसबेला च्म्ल् नेपालले एकातिर कोभिड १९ का विरुद्ध लडाईमा खरो उत्रनुपर्दछ भने अर्कातिर जातीय छुवाछूत र भेदभावका विरुद्ध सम्झौताहिन संघर्षमा अन्तिमसम्म मानवअधिकार र सामाजिक न्यायका पक्षमा उभिने कुरा नै निर्णायक हुनेछ ।

आज राष्ट्रिय दलित नेटवर्क (आरडीएन) नेपालको २०औं स्थापना दिवसको अवसरमा यसका संस्थापकहरु, सामाजिक रुपान्तरणको अभियानका साझेदारहरु, आबद्ध महासंघ, नेटवर्क तथा एलाइन्सहरु, मानवअधिकार तथा नागरिक संगठनका अगुवाहरु, दलित राजनीतिक संगठनहरु, दलित एक्टिभिष्टहरु, च्म्ल् नेपालका सबै तहका साथीहरु र आम दलित समुदायप्रति हार्दिक आभार व्यक्त गर्दै शुभकामना व्यक्त गर्दछौं । आगामी दिनमा पनि हाम्रो सामाजिक न्यायको अभियानमा सहयोगी, साझेदारी र ऐक्यबद्धताका लागि आव्हान गर्दछौं ।

गणेश बि.के.

केन्द्रीय अध्यक्ष

राष्ट्रिय दलित नेटवर्क (आरडीएन)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank