जेनेटिक रोग सम्बन्धी दुई दिने राष्ट्रिय सम्मेलन सुरु हुँदै

दलित अनलाईन ९ मंसिर २०७५, आईतवार २१:४८

काठमाडौं–जेनेटिक रोगहरु सम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन आगामी मंसीर २१ र २२ गते नेपाल प्रज्ञा प्रतिस्ठान कमलादी काठमाण्डौमा हुने भएको छ । कार्यक्रमको आयोजना सोसाईटी अफ लाईफ साईन्सेस नेपाल र डीकोड जेनोमिक्स रिसर्च सेन्टरले संयुक्त रुपमा गर्न लागेको हो ।
कार्यक्रममा भेरी अञ्चल अस्पातलका डा. राजन पाण्डे, बीर अस्पातलकी डा. नीलम ठाकुर कुवंर त्रिबि बिशिक्षण अस्पातलका डा. रोहित पोखरेल, पाटन अस्पातलका डा. रमेश कंडेल लगायतले ५० भन्दा बढी कार्यपत्र प्रस्तुत गर्ने आयोजक संस्थाका उपाध्यक्ष डा. बिष्णु प्रसाद मरासिनीले जानकारी दिएकाछन । सम्मेलनको प्रमुख उद्देश्य सो क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी, अनुसन्धानकर्मी र बिरामीहरु बीच छलफल गरी भावी रणनीती तय गर्ने रहेको जनाईएको छ । कार्यक्रमको उद्घाटन पुर्बप्रम तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank