काठमाडौँ — यसपटक समानुपातिक निर्वाचन प्रणालीतर्फ ५७ दलले भाग लिएकोमा मधेसकेन्द्रित दलसहित ५१ दलले न्यूनतम मत सीमा (थ्रेसहोल्ड) प्राप्त गर्न सकेनन्।
समानुपातिकअन्तर्गत कुल सदर मतको कम्तीमा तीन प्रतिशत प्राप्त गर्ने दलले सिट पाउने व्यवस्था छ। थ्रेसहोल्ड नकटाएका कारण ५१ दलले समानुपातिकतर्फ सिट नपाउने भएका हुन्।
समानुपातिकतर्फ १ करोड ८ लाख ३५ हजार २७ मत खसेको थियो । सदर मतमा रास्वपाले ५१ लाख ८३ हजार ४९३ मत नेपाली कांग्रेसले १७ लाख ५८ हजार ९०३, नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले १४ लाख ५५ हजार ६६९, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आठ लाख ११ हजार ३९३, श्रम संस्कृति पार्टीले तीन लाख ८५ हजार ८५२ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख ३० हजार ६४९ मत पाएका छन्। यी ६ दलले मात्र थ्रेसहोल्ड पार गरेका हुन्।

थ्रेसहोल्ड नकटाउने दलमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल छ। जसपा नेपालले एक लाख ८१ हजार ८५० मत पाएको छ। राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ७२ हजार ४९०, सिके राउत नेतृत्वको जनमत पार्टीले ७९ हजार ४०३, राजेन्द्र महत्तो, रेशम चौधरीलगायतको एकल चिह्न चकिया (जाँतो) राष्ट्रिय मुक्ति पार्टी नेपाल/जनता समाजवादी पार्टी/नागरिक उन्मुक्ति पार्टी, नेपाल) ६२ हजार ०६९ मत पाएको निर्वाचन आयोगले प्रकाशित गरेको विवरणमा उल्लेख छ।
यसैगरी नेपाल मजदुर किसान पार्टीले ४२ हजार २९४, राष्ट्र निर्माण दल नेपालले ३९ हजार ५५७, राष्ट्रिय जनमोर्चाले २९ हजार ४५३, एकल चिह्न बस (नेपाल संघीय समाजवादी पार्टी/बहुजन एकता पार्टी नेपाल/नेपा जनजागृति पार्टी) ले २९ हजार ३९६, नेपाल जनता संरक्षण पार्टीले २८ हजार ४०८, प्रगतिशील लोकतान्त्रिक पार्टीले २४ हजार ६७३, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले २३ हजार ८५८, मंगोल नेसनल अर्गनाइजेसनले २० हजार ८२९, एकल चिह्न मोबाइल (आम जनता पार्टी/जनादेश पार्टी नेपाल) ले १९ हजार २०९ मत पाएका छन्। अन्य दललले पनि थ्रेसहोल्ड कटाएका छैनन्।
थ्रेसहोल्ड कटाउन नसकेका दलहरूलाई प्राप्त मतः जसपा, नेपाल १,८२,२८५
राष्ट्रिय परिवर्तन पार्टी १,७२,४९३
जनमत पार्टी ७९,४३५
चकिया (जाँतो) (रामुपा/जसपा/नाउपा, नेपाल) ६२,०६९
नेपाल मजदुर किसान पार्टी ४२,३०१
राष्ट्र निर्माण दल नेपाल ३९,५७७
राष्ट्रिय जनमोर्चा २९,४५५
एकल चिन्ह बस (नेसंसपा/बएपार्टी/नेजजापा) २९,४३६
नेपाल जनता संरक्षण पार्टी २८,४२४
प्रगतिशील लोकतान्त्रिक पार्टी २४,६७५
नेकपा (माओवादी) २३,८६४
मंगोल नेशनल अर्गनाइजेशन २०,८२९
मोबाइल (आम जनता पार्टी/जनादेश पार्टी) १९,८३२
सार्वभौम नागरिक पार्टी १४,८८७
राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल १०,७२६
संयुक्त नागरिक पार्टी ९,१४२
स्वाभिमान पार्टी ८,१५६
राष्ट्रिय जनमुक्ति पार्टी ७,२१०
नेपाल जनता पार्टी ७,१६४
राष्ट्रिय एकता दल ७,०७१
नेकपा (माले) ६,१७२
राष्ट्रिय गौरव पार्टी ५,२५०
नेशनल रिपब्लिक नेपाल ५,१६१
गतिशील लोकतान्त्रिक पार्टी ५,१०१
नेपालका लागि नेपाली पार्टी ५,०१९
नेकपा मार्क्सवादी (पुष्पलाल) ४,८३२
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ४,६८१
नेकपा (संयुक्त) ४,५१५
राष्ट्रिय उर्जाशील पार्टी, नेपाल ४,३२१
समावेशी समाजवादी पार्टी नेपाल ४,२८४
नेपाल लोकतान्त्रिक पार्टी ४,१२३
नेपाल मातृभूमि पार्टी ३,२२८
जय मातृभूमि पार्टी २,९८१
राष्ट्रिय जनता पार्टी नेपाल २,९३६
बहुजन शक्ति पार्टी २,७७५
प्रजातान्त्रिक पार्टी नेपाल २,२४६
नेपाल जनमुक्ति पार्टी २,१७२
जन अधिकार पार्टी २,११७
नेपाल सद्भावना पार्टी २,०१८
पिपुल फर्ष्ट पार्टी १,८००
नेपाली कांग्रेस (वी.पी.)१,७८८
नागरिक शक्ति, नेपाल १,७३३
नेपाली जनश्रमदान संस्कृति पार्टी १,६३९
नेपाली जनता दल १,४५४
समावेशी समाजवादी पार्टी १,३९७
जनता लोकतान्त्रिक पार्टी, नेपाल १,३०३
जगर भएको सिंह(सनेपा/नासपा) १,१३२
जनप्रिय लोकतान्त्रिक पार्टी ९५५
मितेरी पार्टी नेपाल ७७२
उन्नत लोकतन्त्र पार्टी ७३०
त्रिमुल नेपाल ६९४


























Leave a Reply