धनकुटा प्रकरण : दलित बालिकामाथि कुदृष्टि लगाउने चार अभियुक्त को हुन् ?

सन्तोष रुचाल ४ जेष्ठ २०७७, आईतवार १२:५६

धनकुटा – धनकुटा नगरपालिका वडा नं. ६ आत्मारा बस्ने १३ वर्षीय दलित बालिकालाई बलात्कार गर्ने चार जना जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।
धनकुटा नगरपालिका वडा नं. ६ आत्मारा बस्ने १३ वर्षीय दलित बालिकालाई पटक–पटक यौन शोषण गरेको आरोप लागेका शिक्षक मदन अधिकारी, धनकुटा वडा नं. ६ कै गौरी अत्री, सिरान बजारका देवेन्द्र श्रेष्ठ र कचिडेका भक्तबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो । शिक्षक अधिकारी सहित चारै जनाविरुद्ध जिल्ला अदालतमा जवरजस्ती करणी (बलात्कार) को मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ ।
पीडित बालिकाका अभिभावकले धनकुटा नगरपालिका–६ आत्माराका शिक्षक अधिकारी, आत्माराकै गौरी अत्री, धनकुटा–६ भीमनारायण चौकका देवेन्द्र श्रेष्ठ र धनकुटा–६ कचिडेका भक्तबहादुर मगरविरुद्ध किटानी जाहेरी दिएका थिए । जाहेरी पश्चात अधिकारी बाहेक तीन जनालाई शुक्रबार नै प्रहरीले पक्राउ गरेको थियो । किटानी जाहेरी परेका चारै जना विरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेर कारबाही प्रकृया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सुदर्शन कोईरालाले बताए ।
शिक्षक मदन अधिकारलाई दिउँसो ४ बजे धनकुटा नगरपालिका–६ भीमनारायण चौक नजिकबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । शुक्रबार विहानदेखि फरार रहेका आरोपित अधिकारीले  शनिबार दिउँसो करिव १२ बजे आफ्नो फेसबुक आईडीमा विज्ञप्ति सार्वजनिक गर्दै आफु निर्दोष भएको दाबी सहित प्रहरी कार्यालयमा आफै जाने उल्लेख गरेका थिए । त्यसपश्चात करिब चार घण्टापछि उनी भीमनारायण चोकमा निस्किएका थिए । अधिकारीको खोजतलासमा खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएर प्रहरी कार्यालय ल्याएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता ध्रुवकुमार श्रेष्ठले बताए ।

प्रहरीले अधिकारीलाई जिल्ला अस्पतालमा लगेर स्वास्थ्य परीक्षण पनि गराएको छ । चारै जनाले पीडित बालिकालाई ललाईफकाई करिब ६ महिना अघिदेखि पटक–पटक शारिरीक सम्पर्क गर्दै आएको आरोप छ । बालिकाको पेटमा गर्भ बसेर अस्वभाविक रुपमा पेट बढ्दै गएपछि आफन्तले सोधपुछ गर्ने क्रममा घटनाको रहस्य बाहिर आएको थियो । घटना बाहिर आएर प्रहरीमा उजुरी दिएसँगै बालिका अहिले जिल्ला अस्पतालमा स्वास्थ्यकर्मीको निगरानीमा रहेकी छिन् ।

दलित बालिकामाथि कुदृष्टि लगाउने चार अभियुक्तहरु को हुन् ?

१) मदन अधिकारी : धनकुटा नगरपालिका–६ आत्मारा निवासी मावि स्थायी शिक्षक हुन् । धनकुटा नगरपालिका–६ माथिल्लो गोकुडेश्वर माविका शिक्षक अधिकारीको दुई छोरा र एक छोरी रहेको छ । छोराहरुको विवाह भइसकेको छ भने छोरी धरानमा बीटेक अध्ययनरत छिन् । तत्कालिन नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य अधिकारी अहिले नेकपा निकट अखिल नेपाल शिक्षक संगठनको प्रदेश नम्बर १ का महासचिव हुन् । उनको श्रीमती पनि प्रावि तहको शिक्षक हुन् ।
२) भक्तबहादुर मगर : धनकुटा नगरपालिका–६ कचिडे निवासी मगर तत्कालिन क्षेत्रीय शिक्षा निर्देशनालय धनकुटाका अवकास प्राप्त कर्मचारी हुन् । कार्यालय सहायक पदबाट अवकास प्राप्त सरकारी कर्मचारी मगर अहिले घरैमा खेती किसानी गर्दै आएका थिए ।
३) गौरी अत्री : धनकुटा नगरपालिका–६ आत्मारा निवासी अत्री समाजसेवी हुन् । सामान्य कृषि व्यवसायमा संलग्न अत्री तत्कालिन एमालेका कार्यकर्ता भएपनि पछिल्लो समय संघीय समाजवादी पार्टीमा सक्रिय थिए ।
४) देबेन्द्र श्रेष्ठ : धनकुटा नगरपालिका–६ भीमनारायण चोक निवासी श्रेष्ठ सामान्य होटल व्यवसायी हुन् । उनी घरैमा सेकुवा कर्नर तथा खाजा घर संचालन गर्दै आएका सोही ठाउँका स्थायीवासी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank