दलित तथा विपन्नका लागि ३६ हजारभन्दा बढी आवास निर्माण

दलित अनलाइन साउन १२, २०८३

काठमाडौँ —   सरकारले सञ्चालन गरेको ‘जनता आवास कार्यक्रम’अन्तर्गत हालसम्म दलित, विपन्न मुसलमान तथा सीमान्तकृत समुदायका लागि ३६ हजारभन्दा बढी सुरक्षित आवास (घर) निर्माण सम्पन्न भएको छ ।

शहरी विकास तथा  भवन निर्माण विभागकाअनुसार राष्ट्रिय दलित आयोगको सूचीमा सूचीकृत दलित, विपन्न मुसलमान, लोपोन्मुख तथा अति सीमान्तकृत जाति र समुदायलाई सुरक्षित आवासको व्यवस्था गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रमअन्तर्गत कुल ५५ हजार ९७० आवास सङ्ख्या स्वीकृत भएकोमा संघीय सरकारमार्फत आर्थिक वर्ष २०७४/७५ सम्म १७ हजार ३९ वटा घर निर्माण सम्पन्न भएका थिए । जसअनुसार आर्थिक वर्ष २०७५/७६ देखि २०७९/८० सम्ममा प्रदेश सरकारहरूबाट थप १९ हजार २८६ आवासको निर्माण कार्य सम्पन्न भइसकेको थियो ।

हालसम्म ३८ हजार ९३१ आवासको वित्तीय हस्तान्तरण प्रदेश तहमा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank