स्मार्ट सिटीलाई सरकारले सहयोग गर्छ : मन्त्री अर्याल

दलित अनलाईन २३ भाद्र २०७५, शनिबार २०:५८

वालिङ –  भूमिसुधार गरीबी निवारण तथा सहकारी मन्त्री पद्मकुमारी अर्यालले ‘स्मार्ट सिटी’का रुपमा अगाडि बढ्दै गरेका नगरपालिकालाई सरकारले थप आर्थिक सहयोग गर्ने बताउनुभएको छ ।

वालिङ नगरपालिकाले आज काठमाडौँमा आयोजना गरेको नागरिक र जनप्रतिनिधिबीच अन्तरक्रियामा मन्त्री अर्यालले सुन्दर, विकासशील र समृद्ध नगरपालिका बनाउने दायित्व नगरका जनप्रतिनिधि एवम् नगरवासीको दायित्व रहेको बताउनुभयो । “स्मार्ट नगरको अवधारणामा अगाडि बढेको वालिङ नगरपालिकाले एउटा बृहत्तर गुरुयोजना बनाएर अगाडि बढ्नुपर्छ,” मन्त्री अर्यालले भन्नुभयो, “अवधारणालाई कार्यान्वयनका लागि सबै पक्षबाट तदारुकताका साथ लाग्नु अहिलेको आवश्यकता हो ।”

कार्यक्रममा वालिङ नगरपालिकाका नगरप्रमुख दिलीपप्रताप खाँणले वालिङ नगरपालिकाले सङ्घीय सरकार र प्रदेश सरकारसँग सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभयो । उहाँले वालिङ नगरपालिका नेपालकै पहिलो स्मार्ट नगरका रुपमा विकास गरेर देखाउने लक्ष्य रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank