‘तपाईहरु ढुक्क हुनुहोस्, हत्यामा संलग्नहरुलाई सरकारले कारबाही गर्छ’ : प्रधानमन्त्री

दलित अनलाईन १९ पुष २०७७, आईतवार २३:२५

 

रुकुम हत्या प्रकरण

काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले नवराज विक लगायत पाँच जनाको हत्यामा संलग्नहरुलाई सरकारले हदैसम्मको कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
नवराज विक र उनका पाँच साथीका आमा–बाबु न्याय खोज्दै जाजरकोटबाट काठमाडौं आइपुगेका पीडितहरुको टोलीसँग आइतबार प्रधानमन्त्रीले बालुवाटामा भेट गरी दोषीहरुलाई हदैसम्मको कारबाही गर्नेे प्रतिवद्धता जनाएका हुन् ।
प्रधानमन्त्री ओलीले जातको निहुँमा निर्मम ढंगबाट हत्या हिंसा मचाउने र अराजनीतिक गतिविधि गर्ने जो कोहीलाई पनि कारबाही हुने बताउँदै हत्यामा संलग्नहरुलाई कानुन उपर हदैसम्म कारबाही गर्ने गरी कानुनी प्रक्रिया अगाडी बढेको बताए ।
समाजमा जातीय विभेद छुवाछुतसँगै दुरुव्यवहार गर्नेमाथि कडाभन्दा कडा कारबाही र दण्डित गरिने बताउँदै प्रधानमन्त्री ओलीले प्रेम गरेकै नवराज विक लगायत ६ जनाको हत्या जातीय आधारमा भएको बताए । ‘समाजभित्र जातीय अवशेषहरु अझै कायम छन्, यो घटना यसको रुप हो ।’

 


प्रधानमन्त्रीसँगको भेटमा नवराज विकका बाबु मुनलाल नेपालीले आफ्नो छोरालाई जातको निहुँमा वडा अध्यक्ष नेतृत्वमा सिग्रो गाउँले सामुहिक र योजनाबद्ध ढंगबाट हत्या गरिएको भन्दै हत्याराहरुलाई मृत्युदण्डको कारबाही गर्नुपर्ने माग गरे । वडाअध्यक्ष र मल्ल समुदायको प्रभावमा रहेर प्रहरी प्रशासनले समेत घटनामा रमिते बन्दै घटनाका प्रमाणहरु नष्ट गर्ने गरी उल्टो घाइते युवाहरुलाई पक्राउ गरी प्रहरी हिरासतमा राखेको भन्दै प्रहरी प्रशासनमाथि पनि कारबाही गर्न नवराजका बाबु मुनलाल नेपाली प्रधानमन्त्रीसँग अनुरोध गरे । ‘प्रधानमन्त्रीसँग मेरो अनुरोध छ, प्रहरी प्रशासनबाट धेरै गल्ती भएको, दोषीहरु छुट्ने तयारीमा छन् कारबाहीहोस् ।’
न्यायका लागि रुकुम जिल्ला अदालत र सुर्खेत उच्च अदालतसम्म आफुहरु हार—गुहार गरे पनि दोषीहरु उम्काउने दाउपेच रहेको भन्दै आफुहरु काठमाडौमा आएको नवराजका बाबु मुनलाल नेपालीले प्रधानमन्त्री ओलीलाई दुखेसो सुनाए ।
नवराजको बाबुको अनुरोधपछि प्रधानमन्त्री ओलीले सरकारले रुकुम घटनालाई निकै गम्भिर रुपमा लिएको र प्रहरी प्रशासनले समेत गल्ती कमजोरी गरे सबैलाई कारबाही हुने मृतकका परिवारहरुलाई आश्वासन दिए । ‘तपाईहरु ढुक्क हुनुहोस्, हत्यामा संलग्नहरुलाई सरकारले कारबाही गर्छ ।’

गत १० जेठ जाजरकोट रानागाउँका २१ वर्षीय नवराज विकले मल्ल थरकी युवती सुष्मालाई बिहे गर्न रुकुम पश्चिमको सोती पुग्दा गाउँलेहरुले सामुहिक र सुनियोजित ढंगबाट ६ जनाको हत्या गरेका थिए भने १२ जना घाइते भएका थिए ।
मृतक नवराज विकका आमा–बुवा उर्मिला विक र मुनलाल नेपाली, गोविन्द शाहीका आमा भूमिकुमारी शाही, गणेश बुढा मगरका बाबा पदमबहादुर, टीकाराम नेपालीकी आमा लक्ष्मी नेपाली र सञ्जु विकका आमा सविता विक काठमाडौं आएका छन् ।
न्यायका लागि रुकुम जिल्ला अदालत र सुर्खेत उच्च अदालतसम्म आफुहरु हार—गुहार गरे पनि दोषीहरु उम्काउने दाउपेच रहेको भन्दै आफुहरु काठमाडौमा आएको प्रधानमन्त्री नवराजका बाबु सुनाएका थिए ।


उक्त घटनामा पक्राउ परेका ३४ मध्ये जिल्ला अदालत रुकुम पश्चिम र उच्च अदालत सुर्खेतले नवराजकी प्रेमीका र आमासहित ६ जनालाई छोडिसकेको छ । उच्च अदालतले थप ६ जनालाई छोड्ने विषयमा तीन न्यायाधीशबीच राय बाझिएपछि उक्त मुद्दा सर्वोच्च अदालतमा आइपुगेको छ । शुक्रबारलाई पेसी तोकिए पनि प्रतिवादीको निवेदनको विषयमा पनि सँगै सुनुवाइ हुने सर्वोच्चले बताएपछि बहस सरेको छ । थुनामा रहेका अन्य ११ जनाका निवेदन पनि आइसकेपछि बहस हुने सर्वोच्चलाई उदृत गर्दै अधिवक्ता त्रिलोकचन्द्र विश्वास विकेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank