देशभर अनिश्चितकाल लागि ‘सवारी पास’ बन्द

दलित अनलाईन २९ श्रावण २०७७, बिहीबार १०:५४

काठमाडाैं-  देशभर अनिश्चितकाल लागि ‘सवारी पास’ बन्द गरिएको छ।

बिहीबार ( आज ) बाट अर्काे व्यवस्था नभएसम्मका लागि ‘सवारी पास’ बन्द गरिएको हाे । कोरोना संक्रमण हुने क्रम बढ्दै गएपछि सरकारले देशका सबै (७७ वटै) जिल्ला प्रशासन कार्यालयलाई आजबाट ‘सवारी पास’ वितरण बन्द गर्न निर्देशन दिएको हो।

मन्त्रिपरिषदबाट विभिन्न मितिमा भएका निर्णय र गृह मन्त्रालयको निर्देशनका आधारमा यसअघि दिने गरिएको ‘सवारी पास’ बिहीबार (आज ) बाट नदिन भन्दै गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र पठाएको हो।

अर्काे व्यवस्था नभएसम्मका लागि सवारी पास बन्द गराउन मन्त्रालयले निर्देशन दिएको छ। यो निर्णयसँगै अब एक जिल्लाबाट अर्काे जिल्लामा गाडीमार्फत जान पाइने छैन। काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) लाई भने सरकारले यसअघिदेखि नै एक जिल्ला मानेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank