ललितपुर निवासी रविन्द्र महर्जनले गरे बाजुराका हलिया परिवारलाई खाद्यान्न सहयोग

दलित अनलाईन ३० चैत्र २०७६, आईतवार १८:३३

बाजुरा-  बुढीनन्दा नगरपालिका- १ का हलिया परिवारलाई राहत उपलब्ध भएको छ। लकडाउनका कारण  भाेकमरी सुरू  भएपछि ललितपुर निवासी भ्याली कन्स्ट्रक्सनका संचालक रविन्द्र महर्जनले खाद्यान्न सहयोग गरेका हुन्।

साहुको हलो जोतेर दैनिक ज्याला मजदुरी गरी परिवार पालिरहेका बाजुराका हलिया परिवारमा भोकमरी सुरु भएको दलित अनलाईन डटकम र अन्नपूर्णपोस्ट अनलाइनमा प्रकाशित भएपछि  भ्याली कन्टक्सनका संचालक रविन्द्र महर्जनले खाद्यान्न राहत सहयोग गरेका हुन्।

महर्जनले उनले प्रति परिवार ३० किलो चामल ,५ किलो दाल, २ पोका नुन, २ चक्‍की साबुन र एक किलो चिनी गरी २१ हजार बराबरको खाद्यान्न राहत सहयोग गरेका हुन् । यो विश्‍व नै महामारीले आक्रान्त भइरहेको समयमा सानो भएपनि सहयोग गर्न पाएकोमा खुशी लागेको मर्हजनले बताए । उनले भने, ‘महामारी न्यूनीकरण गर्न सरकारलाई सहयोग पुर्‍याउन सबै नागरिकको दायित्वअनुरुप सहयोग गरेको हुँ।’

नेपाल सरकारले चैत्र ११ गतेबाट‘लकडाउन’ घोषण गरेसँगै हलिया परिवारले काम पाउन छोडेपछि भोकमरी सुरु भएको हो ।
बुढीनन्दा नगरपालिका १ को तिथिचौरस्थित नेपाल सरकारले बनाईदिएको घरमा बसोबास गर्ने १५ घर हलिया परिवार ‘लकडाउन’ घोषणको पछिल्लो दिनमा भोकमरी लाग्न थालेकाे थियो ।

राहत वितरण बुढिनन्दा नगरपालिकाका मेयर पदम गिरीको रोहोवरमा वितरण गरिको हो।  राहत पछि हलिया परिवारले भने, ‘लकडाउनले चुलो बल्न छोडिसकेको थियो,सहयोग गर्ने रविन्द्र महर्जनलाई हृदयदेखि धन्यावाद।’

भ्याली कन्स्ट्रक्सनका अध्यक्ष महर्जनले कोरोना रोकथामको लागि ललितपूरका विभिन्न बस्तीमा असाय गरिब ज्यालादारी गरी ५२ भन्दा बढी परिवारलाई खाद्यान्न सहयोग गरिसकेका छन्। ललितपूर महानगरपालिकालाई २५ थान र विभिन्न वडालाई २० थान पीपीई सेट सहयोग गरेका थिए। आइतबार पाटन अस्पताल र सुक्रराज सास्त्री अस्पताललाई  ८ थान पीपीई र  ८ थान मास्क सहयोग गरेको महर्जनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank