विजय राम हत्याकाण्ड : गृह मन्त्रालयले उपसचिवको संजोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन

दलित अनलाईन १४ भाद्र २०७७, आईतवार ००:०७

काठमाडौं — निरञ्जन रामको हत्या गरेको आरोपमा पक्राउ परेका विजय रामको प्रहरी कुटाईबाट मृत्युभएपछि आक्रोसित बनेको दलित अधिकारकर्मीहरुले प्रहरीमाथि नै कारबाहीको माग गरिरहेका बेला गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोलाई जनकपुर तानेको छ ।
महतोको ठाउँमा गरुडा प्रहरीमा जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी भरत श्रेष्ठलाई पठाइएको छ । घटनाको अनुसन्धानका लागि गृह मन्त्रालयले इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिवको संजोजकत्वमा तीन सदस्यीय छानबिन समिति समेत गठन गरेको छ ।

प्रहरी हिरासतमा रहेका विजय रामको प्रहरी कुटाईबाट हत्या गरिएको दलित अधिकारकर्मीहरु र मृतका आफन्तहरुले आरोप लगाएका छन् ।
हिरासतमा यातना दिएकै कारण विजयको मृत्यु भएको भन्दै दोषी प्रहरीलाई कारबाहीको माग गर्दै गरुडामा शनिबार पनि स्थानीयले प्रदर्शन गरेका छन् ।

गएको साउन ३१ गते राति गरुडा नगरपालिका ८ जिगडियाका १७ वर्षीय निरञ्जन रामको हत्या भएको थियो । हत्याको आरोपमा पक्राउ परेका गाउँकै १९ वर्षीय विजय महराको प्रहरीको कुटाईबाट उपचारमा लगिएका उनको उपचारको क्रममा वीरगन्जमा मृत्यु भएको थियो ।
विजयका बुवा पनिलाल महराले प्रहरीको कुटाइबाटै छोराको मृत्यु भएको दाबी गरेका छन् । ‘छोरालाई हिरासतमा कुटपिट गरेको छ । यो प्रहरीको ज्यादती हो,’ उनले भने, ‘कुटपिटको सत्यतथ्य छानबिन हुनु पर्छ । दोषी प्रहरीलाई कारबाही हुनु पर्छ ।’
विजय निर्दोष भएको र उनलाई जबरजस्ती हत्या स्वीकार गर्न प्रहरीले हिरासतमा यातना दिएको पीडितको आरोप छ । मृत्यु हुनुअघि विजयले अस्पताल शय्याबाट आफूलाई प्रहरीले यातना दिएको बताएको पीडीत परिवारले बताएको छ ।
१९ वर्षीय विजयको शरीरभरी निलडाम र घाउचोट भेटेपछि पीडित परिवारले प्रहरीको कुटपिटका कारण छोराको मृत्यु भएको दाबी गर्दै आएको छ ।
पीडितका बुवा पनिलाल महराले पनि छोराको मृत्यु प्रहरीको कुटपिटबाटै भएको बताउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank