सिरहामा सामूहिक बलात्कारपछि दलित बालिकाको आत्महत्या

दलित अनलाईन २१ असार २०७९, मंगलवार २२:४३

 

सिरहा  — मिर्चेया नगरपालिका–१ की १४ वर्षीया दलित बालिका सामूहिक बलात्कारपछि आत्महत्या गर्न बाध्य पारेको परिवारले बताएको छ ।

सोमबार आफनै घरमा सामूहिक बलात्कृत भएपछि मंगलबार आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । परिवारले आत्महत्या गर्न बाध्य परेको भन्दै तत्काल अनुसन्धान गरी दोषीलाई कारबाहीको माग गरेका छन् ।

बालिका झुण्डिएको अवस्थामा फेला परेपछि आत्महत्या गर्न बाध्य पार्नेलाई कारबाहीको माग गर्दै स्थानीयबासिन्दाले पूर्व पश्चिम राजमार्ग बन्द गरी प्रदर्शन गरेका छन् । प्रहरीले आरोपितलाई पक्राउ गर्ने प्रतिबद्धता व्यक्त गरेपछि राजमार्ग खोलिएको थियो ।
बालिकाका दाजु जगनारायण सदाका अनुसार घरमा कोही नभएको अवस्थामा गाउँका दुई युवकले सोमबार दिउँसो जबर्जस्ती करणी गरेका थिए ।


घट्नाबारे सोमबारै साँझ बालिकाले परिवारलाई बताएकी थिइन् । घटना सुनाएको भोलिपल्टै मंगलबार बिहान ती बालिका झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।
इलाका प्रहरी कार्यालय मिर्चैयाले मृत बालिकाका परिवारले आत्महत्या दुरुत्साहन शीर्षकमा उजुरी दिएको बताएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी सुवास बुढाथोकीले बालिकाको शवलाई पोष्टमार्टमका लागि लहानस्थित प्रादेशिक अस्पताल लगिएको बताए । उनले पोष्टमार्टमको रिपोर्ट आएपछि थप अनुसन्धानलाई अघि बढाउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank