जातीय विभेद गर्नेले माफी मागे

धन बहादुर बिस्वकर्मा २ श्रावण २०७७, शुक्रबार २०:०३

बेलडाडी – कञ्चनपुर जिल्लाको दक्षिणी पुर्वि क्षेत्र बेलडाडी गाउँपालिकामा जातीय  भेदभावपूर्ण शब्द प्रयोग गरेवापत शुक्रबार एक स्थानीय गैर दलित महिलाले  सार्वजनिक रूपमा माफि मागेकी छन ।

शुक्रबार बेलडाडी गाउपालिका २ स्थित स्थानीय बजारमा चिया पसल गरी बस्ने भगवती क्षेत्रीले बिहान चिया पिउन  गएका सोही वडा निवासी अमर नेपालीलाई सामान्य विषयलाई लिएर डुम सानो जात ,जस्ता जातीय भेदभावपूर्ण अमानवीय शब्द प्रयोग गरि गालि गलौच गरेको आरोपमा नेपालीले  ईलाका प्रहरी कार्यालय बेलडाँडीमा ठाडो उजुरी दिएका थिए ।

सधैझै चिया पिउन गएका नेपालीले चिया पसले भगवती क्षेत्रीले अन्य कसैलाई डुम सानो जात जस्ता शब्द प्रयोग गर्दै गरेको सुनेपछि उनले यस्ता  जातीय  विभेद जस्ता शब्द नबोल्न प्रतिकार गर्दा , डुमलाई डुम नभने के भन्ने त भनी चिया पिउन गएका नेपालीलाई नै भेदभावपूर्ण गाली गलौच गरेपछि उनले न्यायका लागि प्रहरीमा  उजुरी दिएका   हुन ।

अहिलेको समयमा यस्ता जातीय भेदभावका भाषा प्रयोग गर्न मिल्दैन , अलि सुधारेर बोल्नुस है साउनी भन्दा त जस्ता डुमलाई डुम ढोली नभने अरू के भन्ने त चिया पसले क्षेत्रीले भनेको उनले दुखेसो पोखे । पिडित नेपालीलाई न्याय दिलाउन बेलडाँडी गाउँपालिका अन्तर्गत स्थानीय अगुवा दलितहरूले अगुवाइ गरेका थिए भने शुक्रबार नै प्रहरीले जातीय  भेदभावपूर्ण  व्यवहार गर्ने भगवती क्षेत्रीले भुलवस आफुले गल्ती गरेको स्विकार गरी सार्वजनिक रूपमा माफी मागेपछि सहमतिपछि मिलापत्र गरिएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank