महिला सांसदको माग :१६ वर्षमुनिका बालिका बलात्कार गरी हत्या गर्नेलाई मृत्युदण्ड

दलित अनलाईन १४ आश्विन २०७७, बुधबार २३:४१

काठमाडौं —सांसदहरुले सोह्र वर्ष मुनिका बालिकामाथि बलात्कार गरी हत्या गरेको प्रमाणित भए मृत्युदण्ड सम्मको सजाय दिने सम्बन्धमा बहस आवश्यक रहेको बताएका छन् ।

संघीय संसद प्रतिनिधिसभाको महिला तथा समाजिक समितिको बुधबारको बैठकमा ‘महिला विरुद्ध हुने हिंसा, हत्या, बलात्कार सम्बन्धी घटना र कानून कार्यान्वयनमा देखिएका समस्या’ विषयमा छलफल गर्दै १६ वर्ष मुनिका बालिकालाई बलात्कार गरी हत्या गरेको पाइए मृत्युदण्ड सम्मको कारबाही हुने सम्बन्धमा छलफल आवश्यक भएको बताएका हुन् ।

संविधानले मृत्युदण्डको परिकल्पना नगरेको अवस्था र नेपालले अन्तर्राष्ट्रिय महासन्धिमा हस्ताक्षर गरेको भएपनि मृत्युदण्ड दिने नदिने विषयमा छलफल आवश्यक भएको बताएका हुन् । कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति समेत रहेकी नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०की सांसद पूर्णकुमारी सुवेदीले दण्ड सजाय दिने विषयमा भावनात्मक कुरालाई अगाडि सार्न नहुने बताइन् । उनले बलात्कार गरी हत्या गर्नेहरुलाई मृत्युदण्डकै सजायको कानून बनाउनुपर्ने बताइन् । मृत्युदण्डको विषयलाई बहसको विषय बनाउनु आवश्यक रहेको उनको भनाई छ ।

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०की सांसद शान्ता चौधरीले बलात्कारपछि हत्या गर्नेलाई मृत्युदण्ड दिने कानून बनाउने सम्बन्धमा सबै राजनीतिक दलका महिला सांसदहरुबीच छलफल भएको बताइन् । तर यो विषयलाई आजै, अहिले नै मृत्युदण्ड दिनुपर्छ भन्ने भन्दा पनि संविधान संशोधन र महासन्धिहरुमा पुनरावलोकन गरेर भएपनि जान सकिने विषयमा छलफल आवश्यक रहेको बताइन् ।

नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले अन्तर्राष्ट्रिय महासन्धिअनुसार नेपालले मृत्युदण्ड हुनेगरी कानून बनाउन नसक्ने भएपनि यो विषयलाई छलफल आवश्यक रहेको बताइन् । १६ वर्ष मुनिका बालिकामाथि बलात्कार पछि हत्या गरेको प्रमाणित भएमा मृत्युदण्डको लागि छलफल हुने वित्तिकै महासन्धीको कुरा ल्याएर रोक्ने प्रयास गर्न नहुने बताइन् । प्राविधिक रुपमा अथवा संविधानको रुपबाट र अन्तर्राष्ट्रिय महासन्धिमा हस्ताक्षर गरेअनुसार कानूनमा मृत्युदण्ड राख्न नहुने भए त्यसमा पुनरावलोकन गर्न तयार हुनुपर्ने उनको भनाई छ ।

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० की सांसद विन्दा पाण्डेले कानूनमा मृत्युदण्ड राख्ने विषयमा राजनीतिक दलका नेताहरु नै तयार नहुने बताइन् । अन्तर्राष्ट्रिय महासन्धिमा हस्ताक्षर गरेकै आधारमा मृत्युदण्डको सम्बन्धमा छलफल गर्नै नहुने भन्ने विषय मान्न नसकिने उनको भनाइ छ । यस्तै जघन्य अपराध गर्नेहरुलाई जनताले तिरेको करबाट पाल्ने भन्दापनि कडा कारबाही गर्ने विषयमा बहस केन्द्रीत हुनुपर्ने बताइन् ।

बैठकमा सांसदहरुले बलात्कारजस्तो जघन्य अपराधपछि पीडकले अलिकति दण्ड सजाय भोगेपछि पुनः ठाडो शिर लगाएर हिँडन सक्ने तर पीडित झन पीडित हुने स्थितिको अन्त्य हुनको लागि पनि कडा भन्दा कडा कारबाहीको व्यवस्था गरी कानून निर्माण गर्नुपर्ने बताएका छन् । कमजोर प्रकृतिको कारबाहीको व्यवस्था हुँदा मानिसहरुमा डर र त्रास नभएकाले बालिका र वृद्धामाथि बलात्कार हुने जस्तो जघन्य अपराध बढ्दै गएको सांसदहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank