मन्त्री आलेद्वारा ‘सर्वजित’ फिल्मका लागि पाँच महिनाको तलब दिने घोषणा

दलित अनलाईन २१ जेष्ठ २०७९, शनिबार १८:५८

काठमाडौं — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले चलचित्र ‘सर्वजित’ निर्माणका लागि आफ्नो पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार प्रधानमन्त्री देउवा सहितको आयोजित एक कार्यक्रमबीच चलचित्रको शुभमुहूर्त कार्यक्रममा  मन्त्री आलेले आफ्नो पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गरेका हुन् ।
कार्यक्रममा मन्त्री आलेले चलचित्र निर्माणका लागि आफ्नो पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गदै सर्वजित चलचित्रले दलित समुदायको राजनीतिक पूष्ठिभूमिलाई उचाईमा पुराउन थप मद्दत पुग्ने बताए ।

चलचित्रलाई दिनेश डिसीले निर्देशन गर्नछन् ।  ‘सर्वजित’ नामक चलचित्र दलित आन्दोलनका अगुवा भगत सर्वजित विश्वकर्माको जीवनमा आधारित हुने बताइएको छ ।  जातीय भेदभाव तथा छुवाछुत मुक्त घोषणाको  शनिबार १६ औं वर्ष पूरा भएर १७ वर्षमा प्रवेश गरेको छ । तर दलित समुदायमाथि श्रृंखलाबद्ध जातीय विभेद तथा हिंसाका घटनाहरु बढेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank