जात व्यवस्थामा आधारित सबै संरचना नभत्काएसम्म दीर्घकालिन मुक्ति हुँदैन : आहुति

आहुति ३ असार २०७७, बुधबार २१:१७

दलितहरुले आफ्नो लक्ष्मण रेखा तोड्न सकेनन् ,थाल बोकेर जो नेताको अगाडि उभिएका छन् कटौराहरु बोकेर नेताका घरघरमा पुग्ने बानी छ । उनीहरुलाई सिकाएको छ । त्यसबाट उनीहरु मुक्त हुन सकेनन् । मुख्य कुरा त्यो होइन, मुख्य कुरो त्यो पार्टीको राजनीति हो । जसले आफ्नो मुद्दा आउदाखेरी सडकमा जान दलितलाई रोक्यो जुन पार्टीले आफ्नो दलितको लागि लड्न भनेर बनाएको संगठनलाई यत्रो दलितहरूको नरसंहार हुँदा लड्नबाट रोक्दछ, त्यो पार्टीले चलाएको सरकारले यो काण्डमा न्याय दिन्छ ? कसरी दिन्छ ? कुन नैतिकताले दिन्छ ? भेनेजोलाको बारेमा बोल्न सक्ने मानिसहरू तीन हप्तासम्म दुला पसेर बस्छन् भने तिनले कसरी बोल्न सक्छन् ? तिनले कसरी न्याय दिन्छन् ? तिनले न्याय दिन सक्दैनन् त्यसै कारण गम्भीरतापूर्वक सबैले सोच्नु पर्ने भएको छ । हामीले मधेस र पहाडलाई नजोडी यो मुद्दा हल गर्न कहिले पनि सक्दैनौ । रुपन्देहीको काण्ड त्यसपछि सम्भु सदा जसलाई धनुषामा पुलिस थानाभित्र हत्या गरियो ।

अहिले त्यहाँ संघर्ष जबर्जस्त रुपमा उठेको छ । त्यहाँ दलितहरु मात्रै मुलतः सडकमा छन् । अहिले काठमाडौमा त अलिअलि गैरदलितहरु भित्रबाट विकास भएका प्रगतिशील तत्वहरु विस्तारै विस्तारै सडकमा थोरै भएपनि थपिन थालेका छन् । तर धनुषामा दलितहरूको मात्रै लर्को लागेको छ । मुसहरहरु हामीलाई थाहा छ समाजको सबैभन्दा पिँधमा छन् । जुन थानामा सम्भु सदाको हत्या भएको थियो, त्यो थानालाई त्यो ठाउँका सम्पुर्ण महिला मिलेर ढुङ्गा मुढा गरेर सबै फुटाइदिएका छन् , ध्वस्त पारिएका छन् । संघर्षको पाटो धनुषाले देखाउन खोजिरहेको छ । चौरजहारी चुप लाग्ने वितिकै धनुषा चुप लाग्छ भन्ने छैन ,रुकुम चुप लाग्ने बितिकै काठमाडौ चुप लाग्छ भन्ने छैन संघर्षको नयाँ बाटो अब आउदैछ । हामी धेरै नै शान्ति प्रिय भएका छौ । अब कुरा शान्ति प्रियले मात्रै हल हुनेवाला छैन अलिअलि भिडन्त र लडाई हुनैपर्ने भएको छ । केही रगत बग्नै पर्ने भएको छ । यो सामान्य कुरा होइन ,मानिसहरु मरेको मरै गर्ने ८ वर्षदेखी २४ जना मानिसहरु मरिसके यो हप्ता मात्रै ८ जना मानिसको हत्या भैसक्यो के यो नाटक हो ? यो खेलवाड हो ? होईन यसका विरुद्ध दृढतापुर्वक नयाँ कार्यक्रम तपाइँहरुले बनाउनुहोस । नेपालका गैरदलितहरुको विशाल भीड अहिले आउनेवाला छैन, किनभने हामीले यो ८० वर्षमा ८० वर्षको राजनीतिले जात व्यवस्थाबारे राम्ररी सिकाउदै सिकाएन । आधा शताब्दी भयो युनिभर्सिटी खुलेको तर १ कक्षा देखि मास्टर डिग्रीसम्म कसैलाई पनि १५ मिनेटको कलास पनि जात व्यवस्थाको विरुद्ध कहिल्यै पढाईएन ।

नेपालको राजनीतिक आन्दोलन कस्तो रह्यो १९१० बाट लोकतान्त्रिक आन्दोलनको सुरुवात भयो भने २००६ साल बाट कम्युनिस्ट आन्दोलनको सुरुवात भयो । तर नेपाली समाज जात व्यवस्थामा आधारित थियो र छ । तर ती राजनीतिक आन्दोलनले जात व्यवस्था छैन भन्ने निष्कर्ष निकाले अथवा जात व्यवस्थामा आधारित सामन्तवादको चर्चा नै गरेनन् । उनीहरुले युरोपको सामन्तवाद जस्तो , चाइनाको सामन्तवाद जस्तो ,रुसको सामन्तवाद जस्तो जात नभएको सामन्तवादको उनीहरुले चर्चा गर्न थाले जसको कारण परिणाम ५० र ६० सालमा आइपुग्दा काग्रेस पार्टी सिङ्गै जात ब्यवस्थामा आधारित पार्टी बन्न पुग्यो । कम्युनिस्ट पार्टीहरु सिङ्गो जात व्यवस्थामा आधारित बन्न पुगे तीनको केन्द्रिय समिती गाउँ समिती हेर्नुस्, तीनको महिला संगठन हेर्नुस् त दलित संगठन बाहेक नेपालको सबैसबै नेपालका राजनीतिक पार्टीहरु एउटा पार्टीको मात्रै म कुरा गर्दै छैन काङ्ग्रेसको मात्रै कुरा गर्दै छैन ,कम्युनिस्टको मात्रै कुरा गर्दैछैन अहिले बनेका र बन्दै गरेका पार्टीहरुकाे पनि म कुरा गर्दैछु । हामीले गल्ती गरेऔ, हिजोका नेताहरूले सैद्धान्तिक रुपमा नजानेर गल्ती गरे । आज हामीले नियतपूर्ण गल्ती गर्न सुहाउँदैन यो समाज जात व्यवस्थामा आधारित थियो र छ प्रत्येक पार्टी जात व्यवस्थाको आधारमा निर्माण भएका छन् । युनिभर्सिटीको कुनै पनि पाठ्यक्रममा १ कक्षामा क्षेत्री ‘क्ष’ भन्ने सिकाईन्छ १ कक्षाको विद्यार्थी घर गाउँ बाट जात व्यवस्था सिकाईन्छ । यो क्षेत्री ‘क्ष’तरबार बोकेको क्षेत्री हो भने म को हो ? भनेर सिक्न थाल्दछ उसले जात व्यवस्था त्यहाँ सिकाईन्छ भने तर जात व्यवस्थाविरुद्ध सिङ्गो युनिभर्सिटीमा सिकाईदैन ,सिङ्गो युनिभर्सिटी जात व्यवस्थामा आधारित छ । हाम्रो प्रशासन पुरै जात व्यवस्थामा आधारित छ । जात व्यवस्था छैन भन्ने मान्छेलाई शिक्षित पार्दै पछि दलित समस्या हल हुन्छ भन्ने संविधानमा लेखेकै छ लागु नभए पनि कहाँ लेख्या छ ? कहाँ लेख्या छ संविधानमा ? एउटा ठूलो भ्रम छ नेपालको संविधानमा लेखेको छ, लेखेर मात्रै हुन्छ लागु गर्नु पर्यो के लागु गर्ने ? के लेख्या छ संविधानमा ? संविधानमा छुवाछुत भेदभाव चै गम्भीर सामाजिक अपराध लेखेको छ । वडामा एकजना महिला वडा सदस्य लेखेको छ , दुई नम्वरमा पर्ने समानुपातिक बाट जाने सांसदहरुको बारेमा लेखिएको छ । अरु लेखिएको छ के ? यो भ्रम हामीले त्याग्नु पर्छ । कि संविधानमा दलित मुक्तिको बारेमा लेखिएको छ , होइन दलितको समस्या भूमिहिन थियो भूमि दिने भएन ,सुकुम्वासीलाई जस्तो ४ गठ्ठा २ आना बाड्ने भयो दलितको समस्या हल भएन र हुँदैन पनि ।

तपाइँको पार्टीभित्र रहेको जात व्यवस्थालाई भत्काउन तपाइँले पार्टीभित्र संघर्ष गर्नुहुन्छ कि गर्नुहुन्न ? र नयाँ बन्न खोजेका र थालिएका पार्टीहरुले जात व्यवस्था अन्त्य गर्ने पार्टीको संरचना बनाउँछन कि बनाउँदैनन ? कुरा गरेर गफ गरेर स्कूल खोलेर छुवाछुत भेदभावको कानुन लाईदिन्छु भनेर यो समस्या हल हुँदैन ,जात व्यवस्थालाई जस्ताको तस्तै राखेर अनि केही घटनाका अपराधीहरुलाई सजाय गरेर मख्ख पर्ने दिशामा गयौं भने त्यो अर्को षड्यन्त्रको भुमरिमा फसेको ठरिन्छ ।

पहिलो संविधान घोषणा लेख्नको निमित्त संघर्ष भएको थियो तर दोस्रो संविधानमा आइसकेपछि धोस्त त्यसलाई भङ्ग गरियो । मैले नाम तोकेर कान्तिपुर पत्रिकामार्फत ५ जनाको नाम लेखेको छु । पहिलो संविधानबाट गर्न खोजिएको राम्रो कामलाई भताभुङ्ग पारे भनेर मैले सार्वजनिक रुपमा चुनौतीका साथ नाम किटेर लेखेको छु कसैले जवाफ दिए ?दिएका छैनन् त्यस कारण यो संविधानले सुधार बाहेक केही गर्न सक्दैन । समस्या संविधानमा छ । जसरी भारतको २१ करोड दलितको समस्या भारतको संविधानमा छ ,अम्बेडकरले संविधान लेख्या भन्दैमा समस्या समाधान भएन । भारतको दलित मुक्तिको बाधक भारतको संविधान हो भने नेपालको दलित मुक्तिलाई तीब्र पार्न रोक्ने तत्व नेपालको संविधान नै हो । जात व्यवस्था भनेको जातीय छुवाछुत मात्रै होइन यो त केवल जात व्यवस्थाबाट जन्मिएको तत्व मात्र हो । अरबपति बन्नेवाला छन् र बने । ती मानिसहरु आज कागजमा नक्सा बढाए बापत सबै राष्ट्रघातबाट चोखिने बाहाना निकालेका छन् । त्यो सम्भब छैन ।
अब जनताले राष्ट्रघातीहरुलाई नाङ्गेझार पार्नुपर्छ । नेपालमा ४६ सालपछि हिसाब गर्ने हो भने चौथाई शताब्दी भयो हुन लाग्यो तर यो ७० वर्षको बीचमा उत्पत्ति भएको पुँजीवादले जात व्यस्थालाई अन्त्य गर्ने कुरा गरेन । म तपाइँहरुलाई प्रश्न गर्न चाहान्छु , अबको भोलिपल्ट देखि तपाई रहेको पार्टी भित्र कुन कुन ठाउँमा जात व्यवस्था छ त्यसको अध्ययन गर्नुहुन्छ कि गर्नुहुन्न ? तपाइँको पार्टीभित्र रहेको जात व्यवस्थालाई भत्काउन तपाइँले पार्टीभित्र संघर्ष गर्नुहुन्छ कि गर्नुहुन्न ? र नयाँ बन्न खोजेका र थालिएका पार्टीहरुले जात व्यवस्था अन्त्य गर्ने पार्टीको संरचना बनाउँछन कि बनाउँदैनन ? कुरा गरेर गफ गरेर स्कूल खोलेर छुवाछुत भेदभावको कानुन लाईदिन्छु भनेर यो समस्या हल हुँदैन ,जात व्यवस्थालाई जस्ताको तस्तै राखेर अनि केही घटनाका अपराधीहरुलाई सजाय गरेर मख्ख पर्ने दिशामा गयौं भने त्यो अर्को षड्यन्त्रको भुमरिमा फसेको ठरिन्छ ।
यो मुद्दा सजिलै हल हुनेवाला छैन यसलाई बिट मारिनेवाला छ र अनेकौं रंग दिइनेवाला छ । नेपालको सत्ताको जुन चरित्र छ त्यसले घटनालाई ढाकछोप नै पार्ने छ । त्यस्तो मानिस मरेको हुनाले त्यहाँ केही मानिसलाई मुद्दा चलाइनेछ केही गरेको जस्तो गरिनेछ तर आधारभुत रुपमा विषयलाई जस्ताको तस्तै पुर्याउनेतिर नै नेपालको सत्ता जाने खतरा धेरै छ । धनुषाको सन्दर्भमा पनि छ यो । पहिलो चरणको कार्यक्रमले मात्रै पुग्दैन नयाँ आन्दोलनलाई राष्ट्रिय स्तरको बनाउनुपर्छ । जसद्वारा नयाँ युगको नयाँ सुत्रवाहक दलितहरुको ढकढकको कारणले सुनोस किनकि आमको कारणले मात्रै नयाँ युगको आन्दोलन सुरुवात हुनुपर्छ भन्ने छैन, नेपालमा त राजनीतिक पार्टीहरु जात व्यवस्थालाई छोप्ने गए दलितहरु बाहेक गैरदलितहरु आउन कसरी ? मुख्य कुरा नबिर्सौ मुख्य कुरा हो , समाजमा रहेको जात व्यवस्थामा आधारित अर्थतन्त्र ,राजनीतिक ,सस्कृति त्यो संरचनालाई भत्काउने नयाँ युगको नयाँ जागरण र नयाँ राजनीतिक आन्दोलन सुरु नभएसम्म धेरै परिवर्तन गर्ने सकिदैन । अहिले रुकुम हत्याकाण्डदेखि रुपन्देही देखि धनुषा काण्डविरुद्ध एक्येबद्ध हौं । पहाडको यो आन्दोलनलाई मधेसको आन्दोलनसँग जोडौ तर साथ साथै नबिर्सौ नयाँ वर्ग संघर्ष नयाँ युगको सुरुवात नगरिकन दीर्घकालीन मुक्ति प्रक्रियामा साँच्चै अगाडी बड्न सक्दैनौ त्यो धैर्यता त्यो दृढता त्यो बौद्धिक त्यो तपाईहरुसगँ निर्माण होस् ।

(चिन्तक तथा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका संयोजक आहुतीले आईतबार राजनधानीको माइतीघर मण्डलामा पहिलो चरणको आन्दोलनको समापनसभामा गरेको सम्वोधनको सम्पादित अंश ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank