नेफ्स्कूनको रणनीतिक मार्गनिर्देश बमोजिम आफ्ना सदस्यहरुको प्रवर्धन, संस्थागत विकास, स्तरीकरण र प्रविधि उपयोग÷हस्तान्तरणको माध्यमबाट अनुशासित र मर्यादित सहकारीको संस्कृती सिकाउनमा तल्लीन छ र निरन्तर लागिपरेको छ । शुरुका दिनहरु देखि एशियाली ऋण महासंघको प्रत्यक्ष मार्गनिर्देशनमा प्रवर्धन तह ः संघ संस्थाको विनियम, नीतिहरु निर्माण र सदस्यता अभिवृद्धिको क्षेत्र, संस्थागत विकास तह ः आवश्यक अनिवार्य नीतिहरु, पल्र्स अनुगमन प्रणाली मार्फत वचत तथा ऋण सहकारीको वित्तीय एवम् आत्मनिर्भरता÷दीगोपना परीक्षण, सुशासन मार्फत भूमिका र जिम्मेवारी विषयमा छलफल र वहस, सहकारी एवम् लेखा व्यवस्थापन मार्फत दैनिक संचालनमा चुस्त एवम् दुरुस्तता कायम, स्तरीकरण तह ः पल्र्स अनुगमन, राष्ट्रिय ९प्रोवेशन०, अन्तराष्ट्रिय ९एक्सेस० मापदण्डहरुको निर्माण, कार्यान्वयन र परीक्षणका पछिल्लो पटक एशियाका साकोसहरुलाई लक्षित गरी सिफारिस गरिएको मोडेल सहितको एकिकृत प्रविधि उपयोगको तह ः क्यानडा, अमेरिका र कोरियामा अभ्यास गरिएका आधुनिक नवप्रवर्तनहरुको हस्तान्तरण साकोस यूनिफिकेशन मोडेलले नेपालको साकोस अभियानलाई अझ वढि मर्यादित, अनुसाशित, सुरक्षित र जिम्मेवार बनाउने लक्ष्य लिएकोछ ।
विश्वका सफल बचत सहकारी अभ्यासकर्ता मुलुकहरुमा अवलम्वन गरिएको यस मोडेलले केन्द्रीकृत नीतिगत सर्वोच्चता, कार्यगत स्वायत्तताको आधारमा केन्द्रले तयार गरेको नीति एवम् मार्गदर्शनहरुको पालना गरी आफ्नो संस्थालाई एक सुरक्षित र कुनै निकायबाट निर्देशित एवम् संरक्षित वित्तीय सहकारीको रुपमा पहिचान दिलाउछ । यस मोडेलमा केन्द्रीय संघका सदस्य संस्थाहरु सबै केन्द्रको नेटवर्कमा सामेल हुन्छन् र केन्द्रले जारी गरेको समयानुकुल नीति, कार्यविधि, वस्तुविविधिकरण एवम् मार्गनिर्देशनहरुलाई स्वीकार गर्दछन् । विशेषगरी सुशासनका नीतिहरु, लेखा अभिलेख, व्यवस्थापकीय क्षमता विकास, प्रविधि प्रयोगमा एकरुपता र वस्तु तथा सेवामा केन्द्रीय संघको नीतिगत सर्वोच्चता रहन्छ भने संस्थाले यसलाई आफ्ना सदस्यहरु सामुलैजाने तौर तरिका एवम् प्रजातान्त्रिक तवरले नेतृत्व चयन र संचालनमा स्वायत्तता रहन्छ । यस यूनिफिकेशन मोडलमा साकोस अभियानको ऐक्यवद्धता प्रदर्शनका लागि केन्द्रीय संघको पहिचान संकेत प्रयोग गर्नुपर्ने हुन्छ र अनिवार्य रुपमा संघको अनुगमनमा रहनुपर्ने साथै निश्चित अवधिमा संघले तोके बमोजिमको ढाँचामा व्यवस्थापन, पहुँच र वित्तीय प्रतिवेदन पेश गर्नुपर्ने हुन्छ ।
यसरी केन्द्रले तयार गरेको प्रविधिको उपयोग मार्फत एकै सञ्जालमा सदस्य साकोसहरु आइसकेपछि अभियानको पहुँच र क्षमता केन्द्रीय संघमा जानकारी हुन्छ र आफ्नो सञ्जालमा परिचालित मानव श्रोत, व्यक्तिगत सदस्यता, पूँजिको अवस्था र आर्थिक विकासमा साकोस क्षेत्रले पु¥याएको योगदानलाई मापन गर्न सकिन्छ । यसका अलावा यसको कार्यगत तहमा तत्काल जानकारीहरु केन्द्रमा पुग्ने भएकाले संस्थाको वित्तीय एवम् व्यवस्थापकीय जोखिमको स्थीति प्रति जानकार हुने र तत्काल सम्बोधन गरी निराकरणमा सहयोग पुग्नेछ जस्ले गर्दा वित्तीय क्षेत्रमा कार्यगर्ने साकोसहरु सुरक्षित हुनेछन् र समुदायमा साकोसको छवी उच्च हुनेछ ।
यसरी प्रवर्धन देखि साकोस एकरुपता सम्मको चर्चा चलाउने, नीति निर्माण गर्ने, कार्यान्वयनमा जाने तह सम्म आइपुग्न विगत २८ वर्ष देखिको कालखण्डमा पूर्ण वा आंशिक अवधिमा हातेमालो गर्नुहुने नेपाल सरकार, विभिन्न राष्ट्रिय एवम् अन्तराष्ट्रिय निकायहरु, सदस्यहरु एवम् अन्य सरोकारवाला निकायहरुमा आगामी दिनहरुमा पनि हातेमालोको अपेक्षा गर्दछु ।
Leave a Reply