दलित जनप्रतिनिधिलाई बाबुरामको प्रश्न- हिन्दू धर्म किन स्वीकार्नुहुन्छ ?

दलित अनलाईन १९ भाद्र २०७६, बिहीबार १५:५९

काठमाडौं– ‘जुन धर्मले तपाईंलाई पैतालाबाट जन्मिएको भनेर जन्मेदेखि नै अपमान र विभेद गर्छ त्यही धर्म किन स्वीकार गर्नुहुन्छ ?’ पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले यो प्रश्न विहिबार दलित समुदायका जनप्रतिनिधिहरूबीच तेर्साएपछि जनप्रतिनिधिहरु एकअर्काबीच हेराहेर गरे ।
समता फाउण्डेशनले बिहीबार र शुक्रबार दुई दिन काठमाडौंको पार्क भिलेज रिसोर्टमा आयोजना गरेको दलित अधिकार सुनिश्चितका लागि जनप्रतिनिधिको भूमिका सम्मेलनको उदघाटन समारोहमा डा. भट्टराईले धर्म स्वीकार नगर्न आग्रह गरेका थिए ।
भारतको संविधानका पिता मानिने भीम राव अम्बेडकरको भनाइ उद्धृत गर्दै भट्टराईले हिन्दू धर्मले जातप्रथा जन्माएको भन्दै जातीय विभेदको मूल स्रोत नै हिन्दू धर्मशास्त्र रहेको दावी गरे ।
भट्टराईले अम्बेडकरको प्रसंग स्मरण गर्दै दलितहरुलाई भने– कि त हिन्दू धर्मशास्त्र सच्याउनुपर्छ कि त तपाईंहरुले त्यो परित्याग गर्नुपर्छ । हिन्दूत्वको नाममा जातपात प्रथा कायम गर्नेमाथि अन्तर्राष्ट्रिय समुदायले किन नाकाबन्दी नलगाएको ? यो प्रश्न हिँजो पनि उठेको थियो । धर्मको विषय भएकाले यसमा ती समुदायमा सामान्य विषय उठे पनि कोही निर्णयमा पुग्दैनन् ।
पूर्वप्रधानमन्त्री डा. भट्टराईले जातपात प्रथा मानवअधिकारको उल्लंघन भन्दै ऋग्वेदबाटै जातीय बिभाजन गरिएको बताए । दलितलाई मान्छे नै नमान्ने हिन्दू धर्म मान्ने दलितहरुमाथि समेत उनले प्रश्न उठाए ।
भट्टराईले भने– मैले बोलेँ भने डलर खाएर बोल्यो भन्छन् । यसमा तपाईंहरु बोल्नुपर्छ । पाप लाग्छ भने मलाई लागोस् तर तपाईंहरु हिन्दू धर्म किन स्वीकार गर्नुहुन्छ ? त्यसमा सुधार हुँदैन भने तपाईंहरुले किन मान्ने ? अम्बेडकर आफैं हिन्दू भएर जन्मिए, तर जातीय विभेदका कारण मर्ने बेलामा बुद्ध धर्म अँगाले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank