रोशनी समाजको अगाडी जलिरहिन तर कोही अगाडी सरेन

दलित अनलाईन २३ आश्विन २०७५, मंगलवार २३:२७

सप्तरी कञ्चनपुर नगरपालिका वडा नम्बर २ स्थित महादेवपट्टीमा २० बर्षीय रोशनी राउत मेस्तर आगोले दन्किरहेकि थिईन । उनी चिच्याईरहेकि थिईन ।आईतवार सबेरै ७ बजे सुनिल राउतकी छोरी रोशनीले शरिरमा मट्टितेल खन्याई आगो लगाएकि थिईन । तर उनलाई बचाउन वरिपरी रमिता हेरिरहेका गाउँले कोहि अगाडि सरेनन । अछुत जातको रोशनीलाई छोईए जात जान्छ भन्ने परम्परागत सोंचाईका कारण उनलाई बचाउन कोहि अगाडि सरेनन ।

उनलाई बचाउनुको साटो प्रहरीलाई फोन गरेर बोलाईयो । त्यतिन्जेल सयौं व्यक्ति मुकदर्शक भएर हेरिमात्र बस्यो । प्रहरी घटनास्थल पुग्दा ढिला भैसकेकोथियो । आधा घण्टा ढिलो आईपुगेको प्रहरीलाई घाईते रोशनी उठाउन कसैले सहयोग समेत गरेनन । घाईते अशक्त भैसकेकि थिईन । गम्भिर घाईते भएकी राउतको राजविराज स्थित गजेन्द्रनाराण सिंह अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भयो ।

पारिवारिक तनावका कारण रोशनीले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मुश्लिम समुदायको बाहुल्यता रहेको उक्त ठाउँका अधिकाशले रोशनीको परिवारले सुगुर पाल्ने गरेकोले छुनु हुदैन भन्ने मान्यताका कारण उपचारमा पठाउन नसकिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank