बुुटवल — नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा विनोद पहाडी मनोनित भएका छन । लामो समयदेखि पत्रकारितामा सक्रिय पहाडीलाई माओवादी केन्द्रको केन्द्रीय कमिटि बैठकले केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो ।
केन्द्रीय अनुशासन आयोगका सदस्य समेत रहेका पहाडी २०६४ सालमा संविधानसभा सदस्य भएका थिए । पहाडीसँगै केन्द्रीय सदस्यमा गोविन्द केसी र मुस्लिम मुक्ति मोर्चाका मक्सुदअलि मनोनित भएका छन ।
संविधानसभा सदस्य समेत रहेका पहाडी डा. भिमराव अम्वेडकर अवार्डबाट समेत सम्मानित भएका थिए । २०४६ सालदेखि पत्रकारिता क्षेत्रमा संलग्न पहाडीले नेपाल राष्ट्रिय दलित पत्रकार संघको संस्थापक अध्यक्ष, नेपाल पत्रकार महासंघको पूर्व केन्द्रीय सदस्य एवं पत्रकार महासंघ रुपन्देही शाखाको दुई कार्यकाल अध्यक्ष भएर काम गरेका थिए ।
Leave a Reply