
कैलाली— कैलालीमा अन्तरजातीय विवाह गरेको एक जोडी करिब एक महिनादेखि जंगलमा लुकेर बस्न बाध्य भएका छन्।
कैलालीको भजनी नगरपालिका-४ झलझलियाका प्रकाश विश्वकर्मा र मालती रावलले अन्तरजातीय विवाह गरेपछि २१ दिनदेखि जंगलमा लुकेर बस्न बाध्य भएको बताएका हुन्।
उनीहरूले जंगलबाटै भिडियो बनाएर आफूहरु अन्तरजातीय विवाह गरेपछि मार्ने धम्की आएको र जंगलमा लुकेर बस्न बाध्य भएको बताएका छन्।
विवाह गरेलगत्तै युवतीका आफन्तले युवकलाई मारिदिने, घर जलाई दिने चेतावनी दिएपछि उनीहरु जंगलमा बस्न बाध्य भएको बताएका छन्। युवतीका आफन्तले रुकुम हत्याकाण्डजस्तै मारिदिने चेतावनी दिएपछि युवक त्रसित भएका हुन्।
भिडियोमा उनीहरूले भनेका छन्, ‘हामीहरूले इन्टरकाष्ट विहे गरेका छौं। परिवारले नमानेका कारण अहिले हामी जंगलमा बस्न बाध्य भएका छौं। तपाईहरूको साथ चाहिएको छ। घरकाले जवर्जस्ती विहे गरेको भनेर मुद्दा हालेका छन्। हामीले सहमतिमा विहे गरेको हौं। घरकाले रूकुम हत्याकाण्ड काण्ड दोहोरिन सक्छ भन्नु भएको छ। हामीलाई डर लागेको छ, सहयोग गर्नुहोस् ! ’
Leave a Reply