लम्जुङमा बाहुनको छोरा र सार्कीको छोरीबीच मागी विवाह

दलित अनलाईन २९ मंसिर २०७६, आईतवार १३:२४

लम्जुङ– अन्तरजातीय विवाह परिवार मात्रै होइन, सिंगो समाजले नै स्वीकार गरेर धुमधामका साथ सम्पन्न हुन थालेका छन् । अन्तरजातीय विवाह छुवाछूतविरुद्ध नमुना रुपमा प्रस्तुत हुन थालेको हो ।
लम्जुङ जिल्ला राइनास नगरपालिका निवासी सपना उपर्कोटी र काठमाडौ चन्द्रागिरी नगरपालिकाका विजयसिंह पराजुलीबीच मागी विवाह भएको छ । मंसिर २८ गते दुवै पक्षका परिवारबीच सहमतिमै काठमाडौंको एक मन्दिरमा उनीहरुको विवाह भएको हो । केटा पक्षबाट केटीको हात माग्न पुगेपछि दुवै परिवारको सहमतीमा विवाह सम्पन्न भएको भएको हो । अन्तरजातीय विवाह गरेको निहुँमा हत्या, कुटपिट,धम्की र गाउँ निकालाका समाचारहरु हामीले सुन्दै आएका छौं । गैरदलित युवतीसँग प्रेम सम्बन्ध राखेको निहुँमा काभ्रेका अजित मिजारको हत्या भएको पनि चार वर्ष वितिसको छ । तर यही समाजमा विस्तारै दलित र गैरदलितबीच मागी विवाह गराउने काम पनि सुरु हुन थालेको छ । केही हप्ता अघिमात्र इटहरीमा रेग्मी र सेन्च्युरीको परिवारबीचमा सहमति भएपछि उमेश सेन्च्युरी विश्वकर्मा र मिरा रेग्मीबीच मागी विवाह भयो ।
मंसिर २५ गते मकवानपुरमा पनि सागर लाम्गादे र ईश्वरी अधिकारीबीच मागी विवाह भयो ।  मंसिर २५ गते बझाङको बित्थडचिर गाउँपालिका–९ सुनकुडा, खलापाटाका दीपक बोहराले त्यही वडामा पर्ने रैकोसी गाउँकी रूपाकुमारी विकसँग मागी विवाह गरे । यी मागी विवाहले समाजमा सकारात्मक सन्देश दिएपनि भोलीका दिनहरुमा विवाहित जोडीहरुले जातीय रुपमा दुव्र्यवहार खेप्नुपर्छ कि पदैन हेर्नु बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank