वडाध्यक्षले ‘दलित युवालाई बैठक कक्षाबाट बाहिर निकाले

दलित अनलाईन १० जेष्ठ २०७७, शनिबार २३:४४

पाँचथर- पाँचथरको हिलिहाङ गाउँपालिका– ५ का वडाध्यक्ष लक्ष्मी सुहाङले एक युवालाई दलित भन्दै बैठक कक्षाबाट बाहिर निकालेका छन्।

वडा कार्यालयले बोलाएको बैठकमा सहभागी हुन पुगेका कांग्रेस प्रतिनिधि स्थानीय वीरबहादुर उभरकोटीलाई वडाध्यक्ष सुहाङले अपमानपूर्ण ढंगले बैठक कक्षबाट निकालेका हुन्। आफूले बोलाएकोभन्दा अरू नै मान्छेलाई पार्टीले बैठकमा पठाएको र त्यसमा पनि दलितलाई पठाएकोमा अध्यक्ष सुहाङले आक्रोश व्यक्त गरेका छन्।

७ जेठमा वडा कार्यालयको भवन बनाउने विषयमा सर्वपक्षीय छलफल आयोजना गरिएको थियो। छलफलका लागि कांग्रेसको वडा कार्यसमितिका सचिवसमेत रहेका उभरकोटी बैठकमा सहभागी हुन गएका थिए।

तर, अध्यक्ष सुहाङले ‘यो मान्छेलाई मैले बोलाएको छैन, यसलाई म मिटिङमा बस्नै दिन्नँ’ भन्दै जातीय रूपमा विभेद गर्दै बैठकबाट निकालिएको पीडित उभरकोटीको भनाइ छ।
वडाध्यक्षले दलित युवालाई बैठकबाट बाहिर निकाल्दा बैठकमा सहभागी अन्यले समेत कुनै प्रतिवाद नगरेका उनको भनाइ छ।

वडाध्यक्षले दलित युवालाई गाली गर्दै बाहिर निकालेको भिडियो सार्वजानिक भएको छ। भिडियो सार्वजनिक भएपछि वडाध्यक्ष सुहाङले आफूले अरू बेला पनि त्यस्तै गर्ने गरेको बताए। वडाध्यक्ष सुहाङ नेकपाबाट निर्वाचित भएका हुन्।

कांग्रेसका वडा सभापति देवी योङहाङले पार्टीले आधिकारिक प्रतिनिधि पठाएको व्यक्तिलाई वडाध्यक्षले दलित भन्दै अपशब्द प्रयोग गरेर बैठकबाट निकालेकोमा खेद प्रकट गरे। घटनापछि कांग्रेस वडा समितिले न्यायको माग गर्दै शुक्रबार वडा कार्यालयमा निवेदन दर्ता गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank