स्थानीय तहको चुनावमा प्रमुख र उप्रमुखमा दलित समुदायका उम्मेदवार बनाउन माग

दलित अनलाईन ४ चैत्र २०७८, शुक्रबार ११:३७

काठमाडौं— आगामी स्थानीय तहको चुनावमा प्रमुख र उप्रमुखहरुमा पार्टीबाट दलित समुदायका उम्मेदवारलाई उठाउनुपर्ने दलित समुदायले माग गरेका छन् ।

सप्तरीका ९–९ वटा नगर र गाउपालिका रहेको जिल्लामा कुनै पनि मुख्य पार्टीले गत स्थानीय तहको निर्वाचनमा नगरप्रमुख वा अध्यक्षमा दलितलाई उम्मेदवार नबनाएको भन्दै यो पटक पार्टीले दलित समुदायका उम्मेदवारलाई उठाउनुपर्ने माग गरेका हुन् ।

सप्तरीमा गत स्थानीय तहको निर्वाचनमा कुल ८ सय ५५ जना जनप्रतिनिधि निर्वाचित भएका थिए तीमध्ये दलित समुदायका २६.३२ प्रतिशत थिए ।
नगर उपप्रमुख र गाउँपालिका उपाध्यक्षमा गरी ९ जनाले मुख्य राजनैतिक दलबाट उम्मेदवारी दिएकोमा २ जना विजयी भएका थिए । उनीहरूले जिल्लामा रहेको कुल जनसंख्याको दलितको उपस्थिति अनुसार मुख्य पदमा पनि उम्मेदवार बनाउनुपर्ने माग गरेका छन ।

सप्तरीको सुरुङ्गा र शम्भुनाथ नगरपालिकाको उपप्रमुखमा नेपाली कांग्रेसबाट विजयी उम्मेदवार दलित समुदायका थिए । रुपनी गाउँपालिकामा तत्कालीन राजपाबाट र तिरहुत गाउँपालिकामा तत्कालीन संघीय समाजवादी पार्टीबाट विजयी भएका उम्मेदवार पनि दलित समुदायका थिए । जिल्लामा कुल १ सय ६४ वटा वडामा ६ स्थानमा मात्र दलित उम्मेदवार विजयी भएका थिए । ‘आरक्षणमा तोकिएको दलित महिला सदस्यमा मात्र होइन ।

नगर प्रमुख र गाउँपालिका अध्यक्षमा पनि हाम्रो जनसंख्याको हिसाबले समानुपातिक प्रतिनिधित्वअनुसार उम्मेदवार चयन मुख्य राजनैतिक दलले गर्नुपर्छ,’ जनता समाजवादी पार्टीकी सदस्य सुमित्रादेवी खंगले भनिन् ।

दलित सरोकार मञ्चले पनि जिल्लाको जनसंख्याको अनुपातमा प्रतिनिधित्व हुने गरी उम्मेदवार बनाउन आग्रह गरेको छ । ‘मुख्य पदहरूमा दलितलाई उम्मेदवार बनाइनुपर्छ,’ दलित अधिकारकर्मी भोला पासवानले भने, ‘दलितले जित्न सक्दैनन् भन्ने भावना त्याग्नुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank