कर्णाली प्रदेशको बजेट सार्वजनिक (पूर्णपाठ)

दलित अनलाईन १ असार २०७९, बुधबार १९:४९

काठमाडौं — कर्णाली प्रदेशले आर्थिक वर्ष २०७९/८० का लागि बजेट विनियोजन गरेको छ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले कर्णाली प्रदेशसभाको दसौं अधिवेशनको १३औ बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० का नीति तथा कार्यक्रम कार्यान्वयन गर्न कुल ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँको बजेट विनियोजन गरेका हुन्।

विनियोजित बजेटमा चालुतर्फ ९ अर्ब १६ करोड ९९ लाख १० हजार र पुँजीगततर्फ १९ अर्ब ४३ करोड ५ लाख २४ हजार रुपैयाँ रहेको छ।

स्थानीय तहको वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब १ करोड ५७ लाख २९ हजार रुपैयाँ रहेको छ भने खर्च नभई बचत हुने रकम ४ अर्ब ५५ करोड ४५ लाख ८५ हजार रुपैयाँ रहेको छ।

संघीय सरकारबाट राजस्व बाँडफाँटबापत ९ अर्ब २ करोड २० लाख रुपैयाँ परिचालन गरिने बजेट वक्तव्यमा उल्लेख छ। त्यस्तै ससर्त अनुदानबाट ५ अर्ब ६९ करो ६७ लाख रुपैयाँ परिचालन गरिनेछ।

त्यस्तै समपूरक अनुदानतर्फ १ अर्ब २१ करोड ५० लाख र विशेष अनुदानतर्फ ६६ करोड ८० लाख रुपैयाँ परिचालन गरिने बजेट वक्तव्यमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank