राज्यमन्त्री विमला विकलाई कोभिड-१९ संक्रमण पुष्टि

दलित अनलाईन २० बैशाख २०७८, सोमबार २०:५६

 

काठमाडौं — उद्योग,वाणिज्य तथा आपुर्ति राज्यमन्त्री,नेपाल उत्पीडित जातीय मुक्ति समाजकी केन्द्रीय कार्यालय सदस्य  बिमला बिकलाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।
आइतबार टेकु अस्पतालमा कोरोना परीक्षण गरिएको राज्यमन्त्री बिमला विकलाई कोरोना सक्रमण पुष्टि भएको हो ।
राज्यमन्त्री विकलाई कोरोना पोजेटिभ संक्रमित भएपनि उनको स्वास्थ्य अवस्था सामान्य रहेको स्वाकीय सचिव गोरख बहादुर खड्काले जानकारी दिए ।

दलित समुदायकी प्रखर र हक अधिकारको लागि आह्म भूमिका निर्वाह गर्ने विक बर्दियाबाट प्रतिनिधिसभा सदस्य हुन् । उद्योग,वाणिज्य तथा आपुर्ति राज्यमन्त्री रहेकी विक सक्रिय मन्त्री हुन् । बिपन्न, गरबि दलित समुदायको लागि चर्को  वकालत गर्ने बिमला विक दलित आन्दोलनमा समेत आशा लाग्ने व्यक्तित्वको रुपमा लिइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank