
काठमाडौं– उदयपुरको भुल्के ३ र त्रियुगा नगरपालिकाका वडा ९ का एक सय तीस परिवारहरुले राहत पाएका छन् ।
लकडाउनका कारण दैनिक ज्यालादारी गरी खाने मजदुर, दलित समुदाय तथा अति सिमान्तकृत परिवारलाई भोकमरीको समस्या देखा परेपछि अमेरिका र बेलायतस्थित प्रवासी नेपालीहरुको संस्था ग्लोवल फोरम एगेन्ट्स कास्ट वेस्ड डिस्क्रिमिनेशन (ग्लोबल फोरम) र नेपाली वेलफेयर सोसाइटी यूकेबाट राहत पाएका हुन् ।
अमेरिकास्थित ग्लोवल फोरम एगेन्ट्स कास्ट वेस्ड डिस्क्रिमिनेशन (ग्लोबल फोरम) ले उदयपुरको त्रियुगा नगरपालिका वडा ९ मा रहेका अति पछाडि पारिएको मुसहर बस्तीमा १ सय १० घर परिवार र वडा ३ मा २० घर दलित परिवारलाई बेलायतस्थित नेपाली वेलफेयर सोसाइटी यूकले राहत उपलब्ध गराएको हो । दुई संस्थाले स्थानीय जनप्रतिनिधि ,राजनीतिक दलका प्रतिनिधि,दलित अधिकारकर्मीको उपस्थितिमा उनीहरुले राहत वितरण गरेका थिए ।
एक महिना सम्म पुग्ने ३० केजी चामल, ४ केजी दाल, सेनिटाइजर, साबुन लगायतका सामाग्री वितरण गरिएकोे बेलायतस्थित नेपाली वेलफेयर सोसाइटी यूकेका अध्यक्ष धनबहादुर सार्कीले बताए ।
कोभिड –१९ को रोकथामका लागि सरकारले लकडाउन एक महिनाभन्दा बढी समयदेखि जारी राखेपछि दैनिक ज्यालादारी गरी खाने मजदुर, दलित समुदाय तथा अति सिमान्तकृत परिवारलाई भोकमरीको समस्या देखिएको भन्दै आफुहरुले थोरै भए पनि सहयोग उपलब्ध गराएको अमेरिकास्थित ग्लोवल फोरम एगेन्ट्स कास्ट वेस्ड डिस्क्रिमिनेशनका अध्यक्ष तिर्थ बर्माले बताए ।
जिल्ला विकास समितिका संयोजक खडकबहादुर परियारले उदयपुरमा कोरोना भाइरस संक्रमण देखिएपछि त्रास सिर्जना भए पनि कोही राहत विहिन हुनु नपर्ने बताए ।
वडा ९ काे मुसहर बस्ती
वडा ३ का दलित परिवारहरू
Leave a Reply