माया हत्या प्रकरणः प्रेममा धोका पाएपछि हत्या गरेको खुलासा

दलित अनलाईन १९ मंसिर २०७९, सोमबार १७:१८

काठमाडौँ —  बैतडीकी माया लुहारको हत्यामा पक्राउ परेका भरतराम कोलीलाई सोमबार प्रहरीले सार्वजनिक गरेको छ । मंसिर १८ मा महेन्द्रनगरबाट पक्राउ परेका २२ वर्षीय  कोलीले ‘प्रेममा धोक पाएपछि हत्या गरेको’ प्रहरीलाई बयान दिएका छन् ।

बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडा घर भएकी माया लुहार मङ्सिर १४ मा मृत फेला परेकी थिइन् । शिवनाथ गाउँपालिका–६ की मायाको शव घाँटी रेटेर हत्या गरेको अवस्थामा भेटिएको थियो । मायाको हत्या गरेको आरोपमा सशस्त्र प्रहरीका जवान कोलीलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा म्यादी प्रहरीका रुपमा  खटिएकी २१ वर्षीया माया र भरतराम प्रेममा थिए । प्रेमिकाको मोबाइल चेक गर्दा अन्यसँग कुरा हुने गरेको थाहा पाएपछि भरतरामले हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

कोलीमाथि कर्तव्य ज्यान मुद्दा दर्ता भइसकेको छ । मायाका परिवारले किटानी जाहेरी दिएकै दिन उनीमाथि कर्तव्य ज्यान मुद्दा दर्ता भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank